Tuesday, July 28, 2026

Font Size:

logo
10 Months ago October 04, 2025 Visted:102

मेची राजमार्गमा पनि रातमा सवारी चलाउन रोक


img

काठमाडौं र मधेस प्रदेश हुँदै पानी पार्ने मौसमी प्रणाली कोशी प्रदेशमा पनि सक्रिय भएको छ।

ठूलो वर्षाको सम्भावना उच्च भएपछि मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले रातको समय मेची राजमार्गमा सवारी आवतजावतमा रोक लगाएको हो।

झापाको चारआलीदेखि ताप्लेजुङसम्मको राजमार्ग मेची राजमार्ग हो। मेची पहाडका तीन जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई पूर्व–पश्चिम राजमार्गसग जोड्ने यो राजमार्ग २४ घन्टा नै व्यस्त रहन्छ। यो पनि पहिरोको उच्च जोखिम रहेको क्षेत्र हो।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जारी गरेको सूचनाअनुसार मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलशदेखि राँकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा शनिबार बेलुकी ७ बजेदेखि आइतबार बिहान ६ बजेसम्म साना-ठूला सबै सवारी साधनको आवागमन बन्द गरेको जानकारी दिइएको छ।

Share:

प्रतिक्रिया