२०८१ आश्विन ३ गते बिहीबार |सम्पादक नेपाल
‘राज्यको चरित्र नै आफ्नालाई सम्पत्ति बाँड्ने भयो’
राणाशाही र पञ्चायतकालमा राजनीतिमा ‘बकस प्रणाली’ हाबी थियो, अहिले ‘ठेक्कापट्टा प्रणाली’ मा राजनीति चलिरहेछ । पुरानो ‘बकस पद्धति’को राजनीतिक संस्कारको ठाउँमा अहिले ‘ठेक्का पद्धति’ फस्टाएको छ । यसले राजनीतिलाई भ्रष्ट बनाएको छ ।
नूतन थपलिया नेपालमा प्रजातन्त्र चाहियो भनेर २००७ सालमा क्रान्तिको झन्डा उठाउने मध्येका एक हुन् । राणा शासनविरुद...