Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
3 Hours ago October 28, 2026 Visted:2

‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो


img

ललितपुर, कात्तिक ११ गते । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न, झार्न र सुकाउन हतारिएका छन् । वर्षाले पाकेको धानमा क्षति पुग्ने जोखिमका कारण किसानले बाली सुरक्षित गर्न तीव्रता दिएका हुन् ।

बुङमतीकी किसान दिव्या तुलाधरका अनुसार ताइचिन धान सुकाउन १० दिनभन्दा बढी घाम चाहिन्छ । लगातार वर्षा हुँदा काटेर सुकाउन राखेको धान भिजेर उम्रिन सक्ने भएकाले आफूले छिटो धान काटेर सुकाउन थालेको उनले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले चक्रवातको प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाएको छ । कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

धान काट्ने र भित्र्याउने समयमा वर्षा हुँदा उत्पादन र आम्दानीमा असर पर्न सक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमानअनुसार बाली भित्र्याउन आग्रह गरिएको छ । 

Share:

प्रतिक्रिया