Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

बनेपा, असोज १८ गते । शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ ।
बर्षासँगै जिल्लामा रहेको रोसी खोलामा पानीको बहाव बढेर बाढीपहिरोको जोखिम बढेसँगै राजधानीबाट पूर्वी पहाडी र तराइको जिल्ला जोड्ने बिपी राजमार्गमा सवारी रोकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले पानी बढेसँगै बिपी राजमार्ग भएर बहने रोसी खोलाको बहाव बढेर बाढी र पहिरोको जोखिम रहेकाले सवारी साधनलाई राजमार्गमा नै रोकिएको (होल्ड) गराइएको बताउनुभयो ।
उहाँले बिपी राजमार्ग भएर जाने सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङगलटारमा रोकिएको बताउनुभयो । उहाँले शनिवार बिहानदेखि बर्षा हुनेक्रम बढेकाले बढेकोले बाढी र पहिरोको जोखिमबाट हुनसक्ने क्षति कम गर्न सवारी रोकिएको बताउनुभयो ।
यसैगरी बर्षासँगै अरनिको राजमार्गको धुलिखेल खावा सडकमा समेत सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । बर्षा भएसँगै दसैं मनाएर गाउँबाट सहर हिंडेका तथा टीका लगाउन आफन्तकोमा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।
प्रतिक्रिया