Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौँ, असार १७ गते । तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताउनुभयो । पर्यटन प्रवर्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उहाँले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताउनुभयो ।
स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्णभूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताउनुभयो । उहाँले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकलाई लोभ्याएको विचार व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवर्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो । रासस
प्रतिक्रिया