Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Years ago April 18, 2025 Visted:219

खोटाङमा सुरु भयो, रेड पान्डा तथा थार महोत्सव


img

खोटाङ — खोटाङमा रेड पान्डा तथा थार महोत्सव सुरु भएको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर सोमबार उक्त महोत्सव सुरु भएको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले हुर्लुङमा उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा कलाकार दयाहाङ राईले रेड पान्डा तथा थार ट्रेलको उद्घाटन गरेका छन् । यसका साथै नक्सासमेत लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक हरि रोका, पूर्व सांसद टंक राई लगायतले पर्यावरणलाई जोगाउदै विकासका गतिविधि बढाउनु पर्नेमा जोड दिएका छन् । प्रकृतिलाई जोगाएर मात्र पर्यटन प्रबर्द्धन हुने वक्ताहरूले बताएका हुन् ।

Share:

प्रतिक्रिया