Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
धनकुटा- धनकुटाका धेरै कृषक अहिले रायो खेतीमा व्यस्त छन्। कम मिहिनेत, राम्रो आम्दानी, बजारको समस्या नभएपछि धनकुटाका धेरै कृषक रायो खेती गर्दछन्। धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित मजुवाका भद्र बहादुर विष्ट अहिले रायो साग टिप्न व्यस्त हुनुहुन्छ। केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। उहाँ अहिले दैनिक जसो रायोमा पानी लगाउने, टिप्ने तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ। करिब तिन रोपनी क्षेत्रफलमा रायो खेती गर्नु भएका उहाँले एक सिजनमा अढाई लाखसम्मको बिक्री गर्दै आएको बताउनु हुन्छ।
मजुवा गाउँमा रहेका करिब तिन सय परिवारमध्ये ९० प्रतिशतले रायो सागको खेती गर्दै आएका छन्। जसका कारण गाँउभरी नै पुरै हरियाली छ। राम्रो आम्दानी, मिहिनेत कम, बजारको समस्या नहुँदा तथा सागको उत्पादन राम्रो हुने भएकाले किसानले साग खेतीलाई निरन्तरता दिँदै आएका छन्। धनकुटामा छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा बढी र त्यसपछि क्रमशः धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिका र साँगुरी गढी गाउँपालिकामा गरी ३ सय २६ हेक्टरमा साग खेती हुने गरेको छ। तर, कृषि ज्ञान केन्द्रमा साग खेती प्रवर्द्धनको कुनै कार्यक्रम नभएको प्रमुख नगेन्द्र रानाको भनाइ छ।
धनकुटामा स्थानीय मार्फा जातको रायो सागको खेती हुने गरेको छ। यहाँ उत्पादन भएको साग झापा मोरङ, सुनसरी लगायतका जिल्ला पुग्ने गरेको छ। एक पटक लगाएको सागबाट एक सिजनमा पाँच छिमल सम्म आम्दानी लिन सकिन्छ। अलिअलि गुन्द्रुक बनाउने बाहेक अधिकांश रायो साग तरकारीको रूपमै प्रयोग हुने गरेको छ।
प्रतिक्रिया