Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
नागोया (जापान), असोज १३ गते । टेनिस विश्वमा सबैको ध्यान तान्ने प्रमुख खेलमध्ये एक हो तर अन्तर्राष्ट्रिय टेनिसमा नेपाल दृश्यमा छैन भन्दा हुन्छ । २० औँ एसियाली खेलकुदमा कमजोर प्रदर्शनपछि अन्तर्राष्ट्रिय टेनिसमा नेपालले अझै लामो बाटो तय गर्नुपर्ने छ ।
महिला डबल्समा सोमबार नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडी पहिलो चरणबाट बिदा भयो । नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टमा आयोजक जापानकी मोमोका कोबोरी र आयोना सिमिजुको जोडीले नेपालको किशोर उमेरका दुई खेलाडीको जोडीलाई ६–०, ६–० ले नराम्ररी पराजित गर्यो ।
नेपाली जोडी ४३ मिनेट मात्र कोर्टमा टिक्न सक्यो । नेपाली जोडीले पहिलो सेटमा पाँच र दोस्रो सेटमा ११ अङ्क मात्र लिन सकेको थियो । शिभाली र स्वस्तिकाका लागि पहिलो सेटमा एक पटक जापानी जोडीको सर्भिसमा ब्रेक अङ्कसम्म पुग्नु नै उल्लेखलायक क्षण रह्यो । यस वर्ष अस्ट्रेलियन ओपन अन्तर्गत एसिया–प्यासाफिक एलिट १४ अन्डर ट्रफीमा चौथो स्थान हासिल गरेकी १५ वर्षीय शिभालीले एकलमा पनि दक्षिण कोरियाली खेलाडीविरुद्ध एक गेम मात्र जित्नुभएको थियो । स्वस्तिकाले पनि एकलमा जापानी खेलाडीसँग दुवै सेटमा एक–एक खेल मात्र आफ्नो पक्षमा पार्नुभयो । शिभाली र प्रदीप खड्काको जोडीले मिक्स डबल्सको पहिलो चरणमा जापानी खेलाडीसँग मात्र एक मात्र जित हासिल गर्न सक्यो ।
प्रदीपले अभिषेक बाँस्तोलासँग मिलेर पुरुष डबल्समा मङ्गोलियाका बाद्राख मुन्खबाटार र जोल्बदार उर्नुखको जोडीलाई २–६, ६–४, (१४–१२) ले हराएर पहिलो चरण पार गर्नु मात्र अहिलेसम्म एसियाडमा नेपाली टेनिसबाट आएको खुसीको खबर बनेको छ । एसियाली खेलकुदको इतिहासमै नेपाली टेनिसको यो पहिलो जित भएको छ ।
प्रदीपले एसियाडको पहिलो चरण पार गर्नु पनि ठुलो कुरा हो भन्नुभयो । नेपालले शीर्षस्तरको टेनिस खेल्ने अवसर बिरलै पाउँछ । “एसियाली खेलकुदको टेनिसमा स्तर नेपालको भन्दा धेरै माथि छ, त्यसैले पदक होइन हामीले यसलाई अनुभव र एक्सपोजरका रूपमा लिएका छौँ,” प्रदीपको भनाइ छ । प्रदीप र अभिषेकको जोडीले अब दोस्रो चरणमा भारतविरुद्ध खेल्ने छ । एक दशकभन्दा बढी समयदेखि व्यावसायिक टेनिस खेलाडी अभिषेकले देशका लागि खेल्दा र जित्दा सधैँ प्रेरित हुने बताउनुभयो । उहाँले नेपाल टेनिसमा धेरै पछाडि छ र नेपाली टेनिस खेलाडीले एसियाडमा खेल्नु नै ठुलो कुरा हो भन्नुभयो । अभिषेक चार एसियाड खेल्ने नेपालका पहिलो टेनिस खेलाडी पनि हुनुहुन्छ । अभिषेक र प्रदीपले एकल खेल खेल्न बाँकी नै छ ।
स्वस्तिकाले पनि निसान श्रेष्ठसँग मिलेर मिक्स डबल्स खेल्न बाँकी छ । शिभालीको यात्रा भने सकिसकेको छ । उच्चस्तरका विपक्षी खेलाडी, एसियाड जस्तो ठुलो प्रतियोगिता र सिनियरस्तरमा पहिलो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले शिभाली सुरुमा अलि नर्भस बन्नुभयो तर उहाँले अहिले एसियाडमा पनि खेल्न सकिँदो रहेछ भन्ने मानसिकता बनेको बताउनुभयो । “विश्वकै शीर्ष एक÷दुई सयभित्र रहेका खेलाडीविरुद्ध खेल्नु पक्कै पनि कठिन भयो तर डब्लुटिए टुरमा खेल्ने खेलाडीसँग खेल्न पाउनु र एसियाडको अनुभव बटुल्न पाउनु पनि ठुलो कुरा हो । राम्रो अनुभव र आत्मविश्वास लिएर फर्कने छु । अब अर्को एसियाडका लागि राम्रो तयारी गर्ने छु,” शिभालीले भन्नुभयो ।
नेपाली टेनिस खेलाडीले जापानमा राम्रो खेल्न नसक्नुको एउटा कारण कोर्ट पनि हो । प्रदीपका अनुसार यहाँको जस्तो कोर्ट नेपालमा छैन । त्यसैले बलको बाउन्स र गति फरक हुने भएकाले पनि नेपाली खेलाडीलाई खेल्न कठिन भएको थियो ।
सन्तोषी पुछारमा
आइची–नागोया एसियाली खेलकुदमा सोमबार महिला पाँच हजार मिटरको फाइनलमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने अन्तिम दुई स्थानमा रहनुभएको छ । नागोया सिटी मिजुहो पार्क एथलेटिक्स रङ्गशालामा भएको १२ धाविका सहभागी दौडमा पूर्णलक्ष्मीले १७ मिनेट ००.६६ सेकेन्ड समयसहित ११ औँ र सन्तोषी १७ मिनेट ५३.१७ सेकेन्ड समय लगातार अन्तिम स्थानमा रहनुभयो । पूर्णलक्ष्मी एक हजार पाँच सय मिटरको दौडमा अन्तिम स्थानमा रहनुभएको थियो ।
यसै गरी चार दिनअघि पनि सन्तोषी १० हजार मिटर दौडमा पनि १३ मध्ये ११ औँ स्थानमा रहनुभएको थियो । सन्तोषीको दुवै स्पर्धामा यो अनपेक्षित प्रदर्शन हो । सन्तोषी दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउने एक मात्र महिला धाविका हुनुहुन्छ । सन्तोषी र पूर्णलक्ष्मी दुवैको आइची नागोया एसियाडमा चुनौती समाप्त भएको छ । अब यस एसियाडमा एथलेटिक्सतर्फ नेपालका मुकेश पालको चुनौती मात्र बाँकी छ । मुकेशले मङ्गलबार पाँच हजार मिटर फाइनलमा प्रतिस्पर्धा गर्नुहुने छ ।
प्रतिक्रिया