Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
ताप्लेजुङ, कात्तिक ८ गते । शनिबार दसैँ अवधिभरकै उल्लेख्य सङ्ख्यामा भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको त्रयोदशीको दिन अर्थात शनिबार एकैदिन चार हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार कुल चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दसैँको नवरात्रि यता सबैभन्दा बढी हो । यसअघि नवरात्रिको दोस्रो दिन एक हजार ३३७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दसैँ तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) मानिन्छ ।
प्रतिक्रिया