Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, रानीपौवामा डेढ दशक अगाडि भारतीय दुतावासद्वारा निर्मित धर्मशाला प्रयोगमा नआइ खण्डहरमा परिणत भएको छ ।
हिन्दु धर्मालम्बीको पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय तिर्थालुलाई लक्षित गरी मन्दिरको प्रवेशद्वार रानीपौवामा निर्मित धर्मशाला संरक्षण तथा व्यवस्थापनमा आवश्यक बजेटको अभावका कारण अलपत्र परेको हो ।
भारतीय दुतावासले २ करोड ५२ लाख रूपियाँ लागतमा सन् २००९ को डिसेम्बरमा शिलन्यास गरिएको धर्मशाला तत्कालीन भारतीय राजदुत राकेश सुदले सन् २०१० को जुन २० तारिखमा उदघाटन गरिएको थियो ।
आगन्तुको स्वागत कक्ष, बैठक, बाथरूम सहितको १० कोठा, ८ साधारण कोठा, भान्सा कक्ष, १ सुरक्षा कक्ष लगायतका भौतिक संरचना रहेको छ । भारतीय दुतावासले भवन तत्कालीन जिल्ला विकास समितिले सञ्चालन तथा संरक्षणको ब्यवस्थापन मुक्तिनाथ विकास समितिलाई हस्तान्तरण गरेकोमा बि.स २०८० साउनको दोस्रो साता बसेको बैठकले धर्मशालाको सञ्चालन तथा व्यवस्थापनको जिम्मा वारागुङ मुक्तिनाथ विकास समितिलाई दिनेगरी लिखित निर्णय गरिएको थियो ।
मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय तिर्थयात्रीलाई शाकाहारी भोजनका लागि प्रयोग गर्ने निर्माण गरिएको धर्मशाला मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्थामा नभएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ का वडा अध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
वडाध्यक्ष गुरूङले भन्नुभयो, ‘‘तत्काल मर्मतका लागि दुई करोडभन्दा बढी लाग्छ, दाताको खोजीमा छौ ।’’ मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष समेत रहनुभएका गुरूङका अनुसार धर्मशालाको प्रवेशद्वारदेखि नै मर्मतमा खर्च लाग्ने बताउनुभयो ।
धर्मशाला सञ्चालनमा आउन सकेमा स्वदेशी तथा विदेशी तिर्थालुलाई राहत हुने भए पनि स्थानीय सरोकारवाला निकायको चासो कम रहेकाले समस्या भएको छ । समुन्द्री सतहदेखि ३ हजार ६१० मिटरको उचाइँमा अवस्थित मुक्तिनाथ मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालुले दर्शन गर्ने गरेका छन् ।
बर्षनी करिब डेढ लाखभन्दा बढी भारतीय तिर्थालु मुक्तिनाथ मन्दिरमा पुग्नेगरेका छन् । धर्मशाला सञ्चालनमा आएमा नेपाली तिर्थालुलाई समेत राहत हुने मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कर्मचारी दिनेश भुषालले बताउनुभयो । संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास छ ।
प्रतिक्रिया