Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
Breaking
टेनिसका लागि अनुभव नै ठुलो
Breaking
आजदेखि तेस्रो एनपिएल
मकवानपुर, कात्तिक ८ गते । मकवानपुरको ऐतिहासिक एवं पर्यटकीयस्थल चित्लाङमा आइतबारबाट कार्तिक नाच तथा स्वच्छन्द भैरवजात्रा सुरु हुँदैछ । हरेक वर्ष झै कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् आज आइतबार राति भैरवलाई बोका र कुखुराको वलि तथा अण्डा चढाइ पूजाआजा गरेर औपचारिक रूपमा भैरवजात्रा सुरु गरिन्छ ।
थाहा नगरपालिका–९, चित्लाङस्थित घरमा रहेको स्वच्छन्द भैरवको मूर्तिलाई रथयात्रा गर्दै मन्दिरमा पुर्याएर स्वच्छन्द भैरवको पूजाआजा गरेपछि आइतबार रातिबाट स्वच्छन्द भैरवजात्रा सुरु हुने स्थानीय राजन बलामीले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन रातिबाट गुठियारले भैरवको पूजाआजा गरी जात्रा सुरु गर्ने प्रचलन रहेको यो जात्रा यस वर्ष पनि आइतबारबाट हुने बताउनुभयो । भैरवको मानन्धर परिवारको गुठियारले पूजाआजा सुरु गर्ने र देउला समुदायले वलि दिने गरिन्छ । यसअघि हाँस, राँगोलगायतका पञ्चवलि दिने प्रचलन रहेकोमा कटौती गरी कुखुरा र बोकाको मात्र वलि दिन थालिएको छ । नाच सुरु हुने अघिल्लो दिन गुभाजुले तान्त्रिक विधिबाट राँगा, हाँस, बोका, थुम्बा र कुखुराको वलि दिने प्रचलन रहेको थियो ।
कोजाग्रत पूर्णिमाको दिन सोमबार भने गुठियारले घरैपिच्छे भैरवको पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय बलामीले बताउनुभयो । उहाँका अनुसार पूजा विसर्जन गरेर भैरवको मूर्तिलाई स्थानीयवासीको घरमा राखेपछि भैरवजात्रा सम्पन्न हुने छ । स्थानीयले आफ्नो क्षमता अनुसार भैरवलाई बोका, कुखुरालगायतका पशुपन्छीको वलि दिन्छन् । स्वच्छन्द भैरवजात्रा सम्पन्न गरी घरमा खाना खाएर आएपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन रातिबाट कार्तिक नाच सुरु गरिन्छ । पहिलो दिन कोजाग्रत पूर्णिमाको दिन सोमबार राति अशोक चैत्य डबलीमा तथा मङ्गलबार र बुधबार राति चित्लाङको मुख्य डबलीमा कात्तिक नाच प्रदर्शन गरिनेछ ।
पौराणिक कथामा आधारित हुने मल्लकालीन कात्तिक नाचमा गणेश, भैरव, वाराही, कुमारी र महालक्ष्मी गरी पाँच देवीदेवताको नाच देखाइन्छ । तर यो वर्ष भने नौ वर्षे नाच भएकोले गणेश, भैरव, वाराही, कुमारी र महालक्ष्मीलगायत थप चार देवीदेउता गरी नौ वटा देवीदेउताको नाच देखाइने भन्दै उहाँले यो वर्ष थप दुई खटमा नाच देखाउने तयारी गरिएको बताउनुभयो । चित्लाङको अन्य टोलबाट माग भएमा सो नाच देखाइनेछ ।
रातभर लाग्ने नाच हेर्न थाहा नगरसँगै वरपरका गाउँ, काठमाडौँ, ललितपुरलगायतका स्थानबाट दर्शनार्थी आउने र जाग्राम बस्ने गरेको पाइन्छ । नाचमा प्रयोग हुने संवाद र शिलोक नेपाली, नेवारी, हिन्दी र संस्कृत भाषामा अभिव्यक्त गर्ने गरिन्छ । उहाँले नौ वर्षे नाच भएकोले तिहारको भाइटीकाको भोलिपल्ट मात्र यो वर्षको कात्तिक जात्रा समापन गरिने छ । जात्राको अन्तिम दिन बिहान गणेश, भैरव, वाराही, कुमारी, महालक्ष्मीलाई राँगाको वलि दिएपछि उक्त रगत देउतालाई खुवाएर नाच र जात्रा सम्पन्न गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, मानन्धरलाई गुठी चलाउने जिम्मा जङ्गबहादुर राणाको समयमा लगाएको रहेछ, बलामी समुदायले पूजाआजा र जात्रामा सहयोग गर्छन् । चित्लाङ क्षेत्रका बासिन्दाले स्वच्छन्द भैरवलाई मूल देवताको रूपमा परम्परादेखि पुज्दै आएका छन् ।
प्रतिक्रिया