Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
सिँजा (जुम्ला), कात्तिक ८ गते । हिमाली जिल्ला जुम्लामा परम्परागत रूपमा खेती हुँदै आएका रैथाने बाली पछिल्लो समय सङ्कटमा पर्न थालेका छन् । चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा रैथाने बिउ संरक्षणसमेत चुनौतीपूर्ण बन्दै गएको छ ।
पातारासी गाउँपालिका–६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो खेती गर्दै आउनुभयो तर पछिल्ला वर्षमा यी बालीको खेती पहिलेको जस्तो हुन छाडेको उहाँको अनुभव छ । पहिले घरको खेतमा विभिन्न रैथाने अन्न हुन्थे । अहिले ती बाली लगाउने खेत नै घट्दै गएका उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका–८ की ६७ वर्षीय प्याउरी थापाको अनुभवले पनि जुम्लामा रैथाने बालीको अवस्था झल्काउँछ । करिब दुई दशकअघि एउटै वर्ष आठ क्विन्टलसम्म चिनो उत्पादन गर्ने उहाँको खेतमा अहिले मुस्किलले २५ देखि ३० किलो मात्र चिनो उत्पादन हुन्छ ।
पहिले जुम्लाका धेरै परिवारको मुख्य खाद्यान्नमध्ये चिनो पनि एक थियो । चिनोकै भात खाने चलन रहेको थापा बताउनुहुन्छ तर गाउँ गाउँमा आयातित चामल सहज रूपमा पुग्न थालेपछि स्थानीय अन्न खाने परम्परा कमजोर हुँदै गएको उहाँको भनाइ छ । “पहिले चिनोकै भात खाइन्थ्यो । अहिले बजारको चामल सहजै गाउँमा आउँछ,” उहाँले भन्नुभयो ।
त्यसैले चिनो लगाउने र खाने दुवै चलन घटेको थापाको भनाइ छ । अहिले थापाले चिनो व्यावसायिक बिव्रmीका लागि नभई पुरानो बिउ जोगाउनका लागि मात्र खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार कागुनो र फापरको पुरानो बिउसमेत पाउन मुस्किल हुन थालेको छ ।
कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले रैथाने बालीको खेती पूर्ण रूपमा हराइसकेको देखाउँदैन तर किसानका अनुभवले खेतीको निरन्तरता कमजोर हुँदै गएको, बिउ संरक्षण गर्ने किसानको सङ्ख्या घट्दै गएको र उत्पादनको बजार सुनिश्चित हुन नसकेको सङ्केत गर्छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा जुम्लामा दुई सय हेक्टर क्षेत्रफलमा चिनो खेती गरिएको थियो । त्यसबाट २५० मेट्रिक टन चिनो उत्पादन भएको थियो ।
त्यस्तै १३ हेक्टरमा कागुनो खेती हुँदा १३ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । तीन हजार हेक्टरमा कोदो खेती हुँदा चार हजार ५० मेट्रिक टन र ८७ हेक्टरमा फापर खेती हुँदा ९६ मेट्रिक टन उत्पादन भएको थियो ।
प्रतिक्रिया