विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा पदमार्ग विदेशीका लागि रुचिको गन्तव्य हो । अन्यत्र जस्तो भिडभाड नहुने, हिमाली सौन्दर्यताका साथै जनजीवनलाई नजिकबाट नियाल्न मिल्ने तथा उत्तर–दक्षिणी बेसक्याम्प पुग्न मिल्ने भएकाले पनि यो क्षेत्र घुम्न रुचिकर मानिन्छ
कञ्चनजङ्घा संरक्षण क्षेत्रको घुन्सामा कार्यरत कर्मचारी तथा टासि तेन्जीक शेर्पाका अनुसार यो सिजनमा राम्रै संख्यामा पर्यटक आइरहेका छन् । ‘धेरैजसो विदेशी पर्यटक छन् । नेपालीहरु पनि सानो सानो संख्यामा आइरहेका छन्,’ उनले भने ।
उत्तरी र दक्षिणी क्षेत्रमै पर्यटक पुगिरहेका छन् । उत्तरमा पाङपेमा बेसक्याम्प र दक्षिणमा ओक्ताङ बेस क्याम्प रहेका छन् । ५ हजार १ सय ४२ मिटरको उचाइमा उत्तरी बेसक्याम्प र ४ हजार ७ सय ३० मिटरको उचाइमा दक्षिणी बेसक्याम्प रहेको छ
यो सर्किट पुरा गर्नका लागि १६ देखि २० दिन लाग्छ । सेलेले पास क्रस गरेर दुबै क्षेत्रको बेस क्याम्प पुग्न सकिन्छ ।
८ हजार ५ सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घामा हिमालमा पहिलोपल्ट १९५५ मे २५ मा आरोहण भएको पाइन्छ ।
कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु यही क्षेत्रमा रहेका छन् ।
यहाँ पर्यटकलाई लक्षित होटल तथा चिया पसलहरु बनेका छन् । सिजनले व्यवसायीहरु व्यस्त छन् ।
अन्यत्रका लागि बुकिङ भएका पर्यटक पनि यता डाइभर्ट भएको लोनाकका व्यवसायी सेराप शेर्पा बताउँन् ।
यहाँका विभिन्न बस्ती आकर्षक छन् । बाटोमा याक, चौरी, ब्लुसिप देख्न पाइन्छ ।
ताप्लेजुङ सदरमुकामबाट एकदिनको गाडी यात्रा पछि पदयात्रा सुरु हुन्छ । असोज–मसिर र चैत–बैशाख यो क्षेत्र घुम्ने सिजन मानिन्छ ।



.jpg)


प्रतिक्रिया