Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
1 weeks ago October 21, 2026 Visted:15

वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी


img

काठमाडौं, कात्तिक ३ गते । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक महानवमीको दिन मात्र खुल्ला हुने गर्दछ । 

दसैँको महानवमीका दिन तलेजु भवानीको दर्शनार्थी बिहानैदेखि लाइन लागेका थिए । कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीको दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ।

Share:

प्रतिक्रिया