Thursday, October 29, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Weeks ago October 14, 2026 Visted:455

पराजय स्वीकार्दै रितबहादुर कटवालले भने– पार्टीप्रतिको निष्ठा र प्रतिबद्धता सधैँ कायम रहनेछ


img

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार रितबहादुर कटवालले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै पार्टीप्रतिको आफ्नो निष्ठा, विचार र प्रतिबद्धता सधैँ कायम रहने बताएका छन् ।

केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका कटवालले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसके पनि पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

कटवालले निर्वाचनमा विजयी भएका सम्पूर्ण उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै पार्टी निर्माण र संगठन सुदृढीकरणको आगामी कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्। चुनावी प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको उल्लेख गर्दै उनले विजयी टोलीसँग काँधमा काँध मिलाएर सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

उनले निर्वाचनमा हार–जितलाई प्राविधिक विषयका रूपमा लिँदै परिणामभन्दा पार्टीप्रतिको निष्ठा, विचार र प्रतिबद्धता महत्त्वपूर्ण हुने बताएका छन्। निर्वाचन परिणामले पार्टी र जनताप्रतिको आफ्नो जिम्मेवारीमा कुनै कमी नल्याउने उनको भनाइ छ। आगामी दिनमा पनि लोकतन्त्रको संरक्षण, पार्टी संगठनको सुदृढीकरण तथा भ्रातृ र शुभेच्छुक संस्थाहरूको हकहितका लागि निरन्तर सक्रिय रहने उनले बताएका छन्।

मतदाताप्रति आभार

निर्वाचनका क्रममा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति कटवालले आभार व्यक्त गरेका छन्। प्रचारप्रसारमा सहयोग गर्ने साथीहरू, सूचना प्रविधि तथा अन्य प्राविधिक काममा खटिएका सहयोगी र निर्वाचन प्रक्रियामा संलग्न टोलीलाई पनि उनले धन्यवाद दिएका छन्। रितबहादुर कटवालले १ हजार ९८ मत प्राप्त गरेका थिए ।

कटवालले लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त परिणामलाई सम्मान गर्दै आफूलाई साथ, सहयोग, माया र सद्भाव प्रदान गर्ने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। निर्वाचनमा प्राप्त मतलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिँदै उनले आगामी दिनमा अझ जिम्मेवार भएर संगठनको हितमा काम गर्ने संकेत गरेका छन्।

मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा भएको प्रतिस्पर्धामा पुरुषोत्तम खनाल विजयी भएका छन्। मध्यपूर्व क्षेत्रबाट विमल सुवेदी, खेमराज बस्नेतले र रितबहादुर कटवालले प्रतिस्पर्धा गरेका थिए ।

मध्यपूर्व क्षेत्रमा रहेका नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच भएको यस प्रतिस्पर्धाले प्रवासमा पार्टी संगठनप्रतिको चासो र सहभागितालाई उजागर गरेको छ। निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै संगठनलाई थप प्रभावकारी बनाउने र प्रवासमा रहेका नेपालीका सरोकारलाई पार्टीभित्र सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा र फरक मत स्वाभाविक हुन्छन्। निर्वाचनपछि परिणाम स्वीकार गर्दै सहकार्यमा जोड दिनु संगठनात्मक एकताका लागि महत्त्वपूर्ण मानिन्छ। कटवालले व्यक्त गरेको प्रतिबद्धताले पनि व्यक्तिगत प्रतिस्पर्धाभन्दा पार्टीको साझा उद्देश्यलाई प्राथमिकता दिने सन्देश दिएको छ।

जय नेपाल!

रितबहादुर कटवाल
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका प्रतिनिधि, खोटाङ

Share:

प्रतिक्रिया