Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
इलाम, गएको आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा अब्बल बनेको अलैँची यस वर्ष पनि टिप्न सुरु भएको छ । इलामको तल्लो क्षेत्रका किसानले जिर्मले जातको अलैँची टिप्न थालेका हुन् । तातो तथा पारिलो क्षेत्रमा लगाइने यो अलैँची धमाधम टिप्न थालिएको रोङ गाउँपालिकाका किसानले बताएका छन् । रोङ गाउँपालिकाका सबै जसो वडामा जिर्मले जातको अलैँची लगाइएको छ । पालिकाका सबै जसो वडामा अलैैैँची टिप्न सुरु भएको रोङ गाउँपालिकाका गुरु किसानसमेत रहनुुभएका वडा–३ का किसान राम आचार्यले बताउनुुभयो । गत वर्ष १६ मन अलैँची बेचेका आचार्यले यस वर्ष सात मन नयाँ तयारी अलैँची बेचिसक्नुभएको छ ।
५० रोपनी जमिनमा अलैँची लगाएका आचार्यले यस वर्ष भने २५ मन जति उत्पादन हुने अनुुमान रहेको बताउनुुभयो । आचार्यले भन्नुुभयो, “मैले केही दिनअघि मात्र प्रतिमन एक लाख रुपियाँका दरले सात मन बेचेँ । अरू किसानले त त्योभन्दा बढीमा बेचेका छन् ।” आचार्यले यस वर्ष छ लाख रुपियाँको अलैँचीको बिरुवासमेत बेचेको बताउनुभयो । रोङ–३ कै किसान चन्द्रमणि राईले यस वर्ष एक लाख दुुई हजार रुपियाँ प्रतिमनका दरले अलैँची बेच्नुभयो । सोही ठाउँका खगराज आचार्यले पनि प्रतिमन एक लाख दुुई हजारका दरले अलैँची बेचेको स्थानीय झलनाथ कट्टेलले जानकारी दिनुुभयो । “हाम्रो टप्न सुरु गर्दै छौँ । छरछिमेकमा धेरैले बेचिसके,” कट्टेलले भन्नुभयो, “सिम्लेगाउँमा करिब १७÷१८ घरका किसानले वार्षिक करिब एक सय मन अलैँची बेच्छन् ।”
रोङसहित जिल्लाका माईजोगमाई, इलाम नगरपालिकालगायत तातो तथा खोलाकिनार क्षेत्रमा जिर्मले जातको अलैँची टिप्न थालिएको छ । अन्य जात भार्लाङ, रामसाही, गोलसाही, सेरेना, चिवेलगायतका जातका अलैँची भने अझै केहीपछिदेखि मात्र टिपाइ सुुरु हुने किसानले बताएका छन् । गत वर्ष प्रतिमन एक लाख छ हजार रुपियाँसम्म खरिदबिव्रmी भएको अलैँची यस वर्ष भने सिजनको सुरुमा ९६ हजारदेखि एक लाख रुपियाँसम्म रहेको अलैँची व्यवसायी सङ्घका अध्यक्ष दीपक नेपालले बताउनुुभयो ।
आव २०८२/८३ मा अहिलेसम्मकै उच्च मूल्य अर्थात् १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । गत वर्ष झापाको काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशी पहाडमा जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको अलैँची विकास केन्द्रले जनाएको छ ।
प्रतिक्रिया