Thursday, June 11, 2026

Font Size:

logo
8 Months ago October 13, 2025 Visted:82

नेपालकै उत्कृष्ट सहकारी किसान कल्याण साकोसको वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न


img

इटहरी सुनसरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाईगत रुपमा सम्पन्न गरेको साधारणसभामा विभिन्न विधामा उत्कृष्ट १२ जना सदस्यलाई सम्मान गरेको छ । असोज २२ गते देखि ७ वटा एकाईहरुमा कार्यक्रम सम्पन्न गरि गरी प्रधान कार्यलय इटहरीको पनि विविध कार्यक्रम गरि सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षको प्रतिवेदन, लेखा समितिका सदस्य खेमनाथ न्यौपानेले लेखा प्रतिवेदन र संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले संस्थाको आर्थिक वर्ष २०८१ / ०८२को आयब्यय सहितको बार्षिक कार्यप्रगति प्रतिवेदन साथै आगामी वर्ष २०८२ / ०८३ को कार्यक्रमको बजेट प्रस्तुत गरेका थिए ।

सभामा २४ हजार ४ सय ३२ जना सेयर सदस्य, १अर्ब ४६ करोड ६३ लाख कूल पुँजी तथा ६३ जना कर्मचारीहरुले सेवा दिदै आएको अध्यक्ष ढकालले जानकारी गराए । उनले विभिन्न शिर्षकमा बचत संकलन गर्ने देखि लिएर विभिन्न १० भन्दा बढी शिर्षकमा ऋण लगानी गर्ने गरेको समेत जानकारी दिए ।

कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी पूर्व उप–प्रमुख लक्ष्मी गौतम, वडा नं १६ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल, सल्लाहकार पेशलकुमार लम्साल तथा विभिन्न सेवा केन्द्रका प्रमुख, पदाधिकारी, शेयर सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।

Share:

प्रतिक्रिया