Thursday, July 30, 2026

Font Size:

logo
10 Months ago September 19, 2025 Visted:104

"रुख टमाटर सम्बन्धि केही जानकारी जानौ"


img

नेपालमा यसको ब्याबसाहिक रूपमा खेती नगरेपनि गाउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपिन्छ । यसको बोटबाट ८-१० बर्ष उत्पादन लिन सकिन्छ । यो झुप्पा आकारमा फल्छ र एउटा झुप्पामा ८-१२ वटा सम्म फल फल्दछ । भिटामिन बि , सि आदि पौष्टिक तत्व यसबाट पाइने हुनाले स्वास्थको लागि पनि यसको महत्त्व छ ।

-माटो तथा हावापानी : बलौटे दोमट माटोमा यसको खेती बढी हुन्छ । माटोको पिएच ५.५ देखि ६ भएको ठाउमा राम्रो फल्दछ । तुसारो बाट भने बचाउनु पर्छ ।

-जग्गाको तयारी: २-२ मिटरको फरकमा १ मिटर गोलाइ र २ मिटर गहिराई मा राम्रो संग पाकेको कम्पोस्ट मल , रासायनिक मल , नाइट्रोजन प्रतीबोट ५ ग्राम , पोटास प्रती बोट १५ ग्राम मिसायर प्रत्येक खाडलमा हाल्ने ।

-बीउ राख्ने समय : बीउ फागुनको बीच तिर राख्दा राम्रो हुन्छ । यसको बीउ चैतको १५ देखि जेठसम्म पनि  लगाउन सकिन्छ । 
बिरुवा रोप्दा नै बोट लाई सोझो बनाउन एक मिटर लम्बाईको टेको प्रदान गर्नु आवश्यक हुन्छ ।
 

Share:

प्रतिक्रिया