Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
1 years ago August 07, 2025 Visted:17

आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा


img

मकवानपुरगढी, श्रावण २२ गते। बागमती प्रदेश सरकारले साउन २५ गते (आइतबार) पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। सोही आधारमा गाईजात्राका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हो।

प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० लागू गर्दै, सो ऐनअनुसार २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाइजात्रा पर्वको बिदा प्रदेशको वार्षिक सार्वजनिक बिदा तालिकामा समावेश गरिएको हो।

गाइजात्रा विशेषगरी नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जुन काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न नेवार बहुल क्षेत्रमा भव्य रूपमा मनाइन्छ। 

Share:

प्रतिक्रिया