Tuesday, October 27, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
1 years ago June 15, 2025 Visted:279

किराँत मुन्धुम्,मानव उत्पति इतिहास र विकास


img

संसारको सृष्टि, किराँतीहरुको उत्पति बिकास र किराँती हरुले परापुर्ब काल देखि गरिआएको योगदान यस्तो छ।
उहिल्यै उहिल्यै महारिक्तता मात्र थियो। आकाश धर्ती केही पनि थिएन। महाशुन्यबाट सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ स्वेच्छाले प्रकट हुनु भयो। उहाँकै इच्छा र शक्तिले सृष्टिको शुभाराम्भ भएको थियो। मुन्धुम्मा त्यो सृष्टिगाथालाई लिम्बू शास्त्रज्ञ तुतुतुम्याहाङ,फेजिरी फेदाङमा,सावाली साम्बा र येवा येमाहरुले अनादीकाल देखि यसरी मौखिक रुपमा एक पुस्ता देखि अर्को पुस्तामा सुन्दै सुनाउँदै ल्याइ रहेका छन।
ए ...आन्छोन ला,नाम,तरक ताङसाङ,इक्सा खाम्बेक,चफत,केजङ सुरित थेआङ थेआङमु होप्ते। योगर योमु होप्ते,थोगर थोमु होप्ते। मुहङलिङ नेस्सेरो,खेहङलिङ नेस्सेरो। तरङङाङ होप्तेरो,ताङसाङङाङ होप्तेरो इक्साआङ होप्तेरो,खाम्बेकआङ होप्तेरो। मुन्धुम् अनुसार महासुन्यता मात्र थियो त्यहीँ महासुन्यताबाट नै ब्रह्माण्डको सिर्जना भयो......
जव पोलोक मि यम्फामि (सुन्यतामा झुण्डिएको आगोको डल्लो–सूर्य) बाट छुट्टिएर आएको पृथ्वी कैयौं बर्ष पछि तातोबाट सेलाउँदै गए पछि पृथ्वीको कुनै उच्च भूभागमा एउटा अग्लो “सिमिकलुङ तदतलुङ थिङ्दाङ सावोरा,सित्छिरी सियाक्पे थेथेरे थेयाक्पे” नामको पहाड देखा पर्यो त्यहीँ उच्च जग्गाको खाल्टो वरिपरि तातो वाफबाट पानीका थोपाहरु जम्मा भई विस्तारै विस्तारै “सोधुङ वरक” नामको पोखरी बन्न पुग्यो। आकाशे पानी खाल्टो परेको पोखरीमा जम्मा हुन थाल्यो। पञ्चमहाभूत तत्वको शक्तिले ढुङ्गाहरुमा लेउ जस्ता मसिना वनपस्तिहरु टुसाउँन थाल्यो।
मुन्धुममा हिमाल अग्लिदै गएको ब्याख्या गरिएको छैन तर यो परिवर्तन हुँदै गएको समयमा हिमाल विस्तारै अग्लिदै गएको हुनु पर्छ। ति मसिना वनपस्तिहरुले बन जङ्गलको रुप लिन थाल्यो। तिनै बनजङ्गलहरुमा एक कोषीय जीवहरुको विकास भई मानव विकास हुने क्रम सम्म पुग्यो। यहीँ विकास हुने क्रममा तागेरा निङवाफुमाङ इश्वर(Super natural power)को आशिषले “मुधिङ्गुम लेक्वा” भन्ने ठाउँमा मुजिना खेयङ्ना नामको एउटी मानव स्त्रीले रुप धारण गर्न पुगिन। अथवा एक कोषीय जीवबाट मानव चोलासम्मको विकास हुन पुग्यो। उसवेला हरेक जीव र प्राकृतिक वनस्पतिहरु परिवर्तन हुने लहरमा प्रकृतिको Super natural power(कालो वायु) द्धारा “खोङ्लिसो वेत्लासो तेम्बे” (इखाबु) मा मुजिना खेयङ्ना गर्भधारण हुन पुगिन। उनको कोखबाट सावा युक्पुङगेन (सुसुङ्गे लालाङ्गे) नामको प्रथम पुरुषको जन्म हुन पुग्यो। सावा युक्पुङगेम्बाले क्रमश थोसुलुङ फियाम्लुङ्मा,सुसारे सुसारिमा,मुसुलुङ मुगप्लुङ्मा र सुसारे फान्दारिमा जस्ता अन्य साम्माङ साः(Super natural power human)हरुसंग विवाह गरे। थोसुलुङ फियाम्लुङ्माको गर्भबाट थोसुलुङ सुहाम्फेम्बा नामको छोरा जन्मियो। सुसारे सुसारिमाको कोखबाट साङ्दाङखेवा (मुनाल) नामको छोरा जन्मियो।
मुसुलुङ मुगप्लुङ्ले लाहादोङना नामको छोरी जन्माइन। सुसारे फान्दारिमाले पनि लिङ्दाङ्खेवामा (लुइचे) नामको छोरी जन्माइन। थोसुलुङ सुहाम्फेम्बा र लाहादोङ्नावीच विवाह भयो। साङ्दाङ्खेवा र लिङ्दाङ्खेवामा पनि विवाह बन्धनमा बाँधिए। थोसुलुङ सुहाम्फेम्बा र लाहादोङ्नाको सम्बन्धबाट सावा येत्हाङ साथै पेली फाङहाङ १७ जना सन्तानहरु जन्मेका थिए। साम्जिक मुन्धुमको साक्मुरा वादेम्मा मुन्धुम् अनुसार तिनै सावा येत्हाङ्का दरसन्तानहरु वर्तमान हिमालयको सरहदबाट चारतिर फैलिएका थिए। अथवा मुन्धुम् अनुसार कैलाश (उच्च पवित्र ठाउँ) भूमिको मुना तेम्बे भन्ने ठाउँमा मान्छेको शरीरमा जुम्रा उत्पति भए जस्तै पृथ्वीले सर्वप्रथम एक जोडी मान्छेलाई (अमैथुनी क्रियाद्धारा) जन्म दियो भन्ने मुन्धुमको मान्यताछ।
मानवको उत्पति अतनुतनाश्य युग (Pliocene)५३ लाख ३२ हजार देखि २५ लाख ८८ हजार बर्ष पूर्व अनुमान गरिएकोछ। तर आधुनिक मानवको इतिहास अनुमानित चार लाख बर्ष अघि देखि हुन सक्ने अनुमान अघि सारिएकोछ। मुन्धुम् अनुसार वैज्ञानिकहरुले अनुमान गरेको आधुनिक मानव उत्पति समय भन्दा धेरै पहिले हिमाल अग्लिने क्रमसंगै हाल हिमालय क्षेत्रतिर मानवको उत्पति भई मध्य प्रातिनुतनाश्य (दश लाख वर्ष पूर्व) को युगमा मानव विकासको शुरुवात भएको सङ्केत गरेकोछ।
तिनै सावा येत्हाङकै वंश मध्ये एक समुह हालको “मनापोङ तेम्बे” फक्ताङलुङ् (कुम्भकर्ण) वरिपरिको क्षेत्रबाट उत्तरको तत्कालीन समशितोष्ण र अल्पाइनसम्मको जलवायु पत्छयाउँदै हालको ताईस्यान र कुलश्सान (कुन्लुन) पर्वतमालाहरुको वीचमा रहेको “ताक्लामकान” मरुभूमिमा पुगेका थिए। “मनापोङ तेम्बे” बाट विचरित हुँदै ताक्लामकानको मैदानमा पुगेको हुनाले उक्त ठाउँको नाम “मुना तेम्बे” नामकरण गर्न पुगेका थिए। हाल मरुभूमिको रुपमा रहेको “ताक्लामकान” प्राचीनकालमा मानव विकासको लागि योग्य स्थान थियो। ताक्लामकान मरुभूमि वरिपरि अहिले पनि विशाल हरियो वन जङ्गलले ढाकिएकोछ।
सत्यकेतु विद्यालंकार अनुसार ताक्लामकानको उत्तरतर्फ काशगर,अक्सु,भरुक,तुर्फान,कारासहर र कुची नाम गरेका आदी सत्ताहरु कायम भएका थिए। दक्षिण तर्फ निया,यारकन्द,खोतान र चर्चन नाम गरेका आदीम राज्य सत्ताहरु कायम भएका थिए। विस्तारै ताक्लामकानको जलवायुमा परिवर्तन हुन थाले पछि ताक्लामकानको दक्षिण खण्डबाट ती मानवहरुको एक समुह हालको सिन्धु नदी हुँदै हालको मिडल इष्ट र दक्षिण भारत सम्म विस्तार हुन पुगेका थिए। उत्तर खण्डबाट अर्को एक मानव समुह मध्यचीनको “मूना सावर” पुगेका थिए। उक्त मूना सावर “कोक नावर” र “लोप नावर” नाम गरेका विशाल तालहरु सुक्न गइ हाल मरुभूमिमा परिणत भएकोछ। त्यहाँ गएका मानव समुहहरु धेरै काल पछि चीनको सिक्याङ प्रान्त (ठूलो काशी) तिर फैलिएका थिए।
सम्भवत यीनै मानव समुहहरु मध्ये कुनै एक समुह लासाको बाटो भएर नेपाल आएको हुनाले लासा गोत्री या वंश भनिएको हुन सक्ने सम्भावनाछ। दक्षिण लाग्ने सावा येत्हाङसा वंशसंग उत्तर अफ्रिकाबाट उत्तर लाग्ने होमोइरेक्टस वंशसंग रक्त सम्श्रिण हुन पुगेको अनुमान गरिएकोछ। तर मानवको उत्पति अतनुतनाश्य (५३ लाख ३२ हजार देखि २५ लाख ८८ हजार बर्ष पूर्व) युग मानिएको हुनाले सम्भवतः तिनै सावायेत्हाङ्का सन्तानहरु संसारमा (अफि्रकासम्म) फैलिइ विकसित भए पछि फेरि उत्तरतिर लागेको हुन सक्छ। इण्डोनेशियाको फलोरेन्स टापुमा रहेका होबिट मानवहरुको अस्तित्व ८० देखि ९५ हजार बर्ष अनुमान गरिएको र नेपाल बुटवलको तिनाउ नदीको दायाँ किनारामा एक करोड दश लाख बर्ष अघिका रामापिथेकस (राम नरवानर) वा बुटवल नरवानरको बायाँ बङ्गाराको अवशेष चट्टानमा भस्मिभूत (Fossilized)भएको अवस्थामा फेला पारिनुले हिमालको छेउछाउ मानवको उत्पति भएका प्राचीन मानवहरु हिमाल वरिपरि नै बाँच्न सफल भएका थिए।
सम्भवतः यहीँ हिमालमा उत्पति भएका सावा येत्हाङका सन्तानहरु समुह समुहमा चारतिर फैलिन पुगेका थिए। तिनै वंशहरु धेरै काल खण्ड चारतिर विचरीत गर्दै फेरि भेट भए पछि भेट भएका मध्ये एक आपसमा रक्त सम्मिश्रण भएका थिए। मुन्धुम् अनुसार “पारुङ मारुङ तेम्बे” मा बसोबास गर्ने सावा येत्हाङका सन्तानहरुले प्रथम पल्ट पृथ्वीमा फूलको विरुवा यसरी उमारेका थिए। “साङ्गोपी लिङ्गोपी तेम्बे” मा चराको विष्टाबाट उमि्रएको “सत्थुसिङ इलामसिङ र केरुङमा पहिम्मा सिङ” नाम गरेको फूलको विरुवा फुङजिरी फूङयारीनले काङवामा(कावेली) को शिर इवा नागी तावा नागी नाम गरेको ठाउँमा रोपेका थिए। तर फूल सप्रन सकेन। उखेलेर आप्ताङवा (रंगीत) तिथाङवा (टिष्टा नदी) को शिरमा रोपे केही इन्च मात्र बढेको देखेर विरक्त हुँदै याफल्लुङ फावामा (फावा खोला) को शिरमा रोपे तर त्यो सत्थुमा सिङ केरुङमा सिङ नबढेको देखेर फुङजिरी फूङयारीनले इम्बिरी याङधाङवा (ताम्बर,तमोर खोला) को शिरमा रोपी दिए।
मलिलो माटो र कहाँ सप्रन्छ भन्दै खोज्दै जाँदा केतक कुम मिवा वहङ (मेवा खोला) को शिरमा रोप्न पुगे। त्यहाँ चार अंगुल बढेको सत्थुमा सिङ केरुङमा सिङलाई सिन्धोलुङ माइवा वहङ (मैवा खोला) को शिरमा रोप्न पुगे। यस्तै क्रममा अरुना बरुना नदीको शिरमा रोपेर हुर्काए पछि सात हाङ्गा भएको फूलको रुख भएर झयाङ्गियो। तिनै फूल मध्ये एउटा हाङ्गाको फूल मानवको फूल हुन पुग्यो र मानव विकास अघि बढदै गयो भन्ने मुन्धुमी मेख्खिम (विवाह) साम्लो (गीत) को आख्यान टुङ्गिएकोछ।
यो मुन्धुमी आख्यानले पनि मानवहरुको विकास एक ठाउँबाट अर्को ठाउँमा नगई वा एक ठाउँबाट अर्को ठाउँमा विचरीत नगरि विकास वा उन्नति हुन सक्दैन भन्ने संङकेत गरेको देखिन्छ। त्यहीँ फूलको बोट सार्दै जाने रीत अनुसार यहीँको माटोमा उत्पति भएका मानवहरु विस्थापित हुँदै धेरै टाढा टाढा सम्म पुगेका थिए। तर जव मानव विकास र इतिहासको खोज हुन सक्ने समय यता देखि मात्र इतिहासका पन्नाहरु तयार भएका छन। उनै पश्चिमी अनुसन्धान कर्ताहरुले लेखेको इतिहासको मानी घुमी रहेकोछ। मुन्धुमको आख्यानहरुलाई वैज्ञानिक धरातलमा राखेर त्यसको गहिर्याई खोज्न नसकेको हुनाले नै सिङ्गो “मनापोङ तेम्बे” र अनुसन्धानकर्ता एवं वैज्ञानिक इरस्ट मोल्डाशेभको खोजी अँध्यारो छायाँ बनेकोछ।
सावा येत्हाङहरुका सन्तानहरुले पारुङ मारुङ तेम्बेबाट मानव सभ्यतालाई कसरी अघि बढाए भन्ने अध्याय मुन्धुममा उल्लेख भएकैछ। उक्त मुन्धुममा वर्णीत भएका थातथलोहरु पनि यथावत छँदैछन् तर मुन्धुम्मा इतिहास जस्तो समयको काल खण्ड छुटयाइएको हुँदैन। इम्बिरी याङधाङवा (ताम्बर,तमोर) को किनारमा तिर्खा मेटेर चौँरीहरुले सिङ जुधाउँदा आगोको झल्का निस्किएर ढुङ्गामा सल्किएको पिप्पुधाप (ताम्बर खोला) भीरको लोक आख्यानले विकसित भइ सकेको युगलाई सङ्केत गर्दैन। त्यस्तै अनेक घटनाहरु घटदा विभिन्न साम्माङ च्याङहरु(देउ देउता–सेहे सेसेन्त्र) को उत्पति हुँदै गएका थिए। ति घटित घटना क्रमको शिलशिलाले पनि हिमालय वरिपरि मानवको उत्पति भएको संङ्केत गदर्छ। तर हिमाल अग्लिने क्रममा जाडो बढदै गए पछि त्यहाँबाट धेरै मानव समुहहरु उत्तर दक्षिण वा पूर्व पश्चिम लागेका थिए। आर्यावतको वैद्धिककाल सम्म भारतको “उत्तर गाँगेया” प्रदेश दलदल वा भासले भरिएको तथ्यबाट हाल हिमालको दक्षिणी क्षेत्र धेरै पछि मात्र मानव वस्ति योग्य भएको हो भन्ने ऐतिहासिक प्रमाणहरुले स्पष्ट गर्दछ।
मुन्धुम् अनुसार हिमालको वरिपरि उत्पति भएका तिनै सावा येत्हाङका सन्तानहहरु लेप्मुहाङ,येहाङ,कान्देनहाङ,फेजिरि फेदाङमा,सावाली साम्बा र येवा–येमाहरुको कठोर परिश्रमद्धारा मुन्धुमको शुरुवात भएको थियो। सावायेत्हाङ कालीन मुन्धुमी युग मुन्धुम् काब्य रचनाको स्वर्णिम युग भइकन पनि कति समय अघि रचना गरिएको हो अनुमान गर्न सकिएको छैन।
मुन्धुम् अनुसार “हाङभरु हाङ तेम्बे” बाट सावा येत्हाङका सन्तानहरु विभिन्न दिशामा छुट्टिएर गएका थिए। त्यहीँ ठाउँबाट धेरै टाढा पुगेर फर्केका समुहहरु साथै यहीँ रहेका सावा येत्हाङ वंशवीच रक्त मिश्रव भई अन्य महामानव वंशको परम्परा कायम हुन थालेको थियो। महाभारतकालमा पश्चिम पट्टि गन्धमादन पर्वत र पूर्व पट्टि इन्द्रकिल पर्वत हिमालको वरिपरि घुम्ने मानव समुहहरु कम्बोज,यौवन,शक,
पारद,पल्लव,चिनिया,किरात,दरद,यव
न,नाग,सौमर,खस,बृहदबल र पौण्डरक जाति भएर चिनिन पुगेका थिए।
याकथुङ्बा वा किरात जातिहरु यस क्षेत्रका सबै भन्दा प्राचीन जाति हुन भन्नेवारे विभिन्न विद्धान तथा मानव शास्त्रीहरुले अध्यन गरि प्रकाशमा ल्याएका छन। देश बन्धु क्षेत्रीका अनुसार “द्धापर युगको ८ लाख एकचालीस हजार बर्ष अघि नै किरातीहरु नेपाल उपत्यकामा बसेको तथ्य नेपालको पौराणिक वंशावलीको प्रथम अध्यायमा उल्लेख गरिएकोछ”(पुराण अनुसार द्धापर युग अर्थात चार युग मध्ये तेस्रो युग आठ लाख चौसठी हजार बर्षको हुन्छ)।
आचार्य खेमराज केशवशरणका अनुसार “प्राचीन संस्कृत वाङमयमा मूलरुपमा काशमीरको सप्तकुण्डदेखि पूर्वको परशुरामकुण्डसम्म र विस्तृत रुपमा हिमालयदेखि विन्ध्याचलसम्मक
ो क्षेत्रलाई “किरात देश” भनिएकोछ। अथर्व वेद,शिव शक्ति सङ्गम तन्त्र र यजुर्वेदमा पनि जहाँ जहाँ किरात जातिको चर्चाछ त्यहाँ त्यहीँको पर्वतवासीको रुपमा उल्लेख गरिएकोछ। बाहिर कुनै ठाउँबाट आएका हुन भन्ने उल्लेख गरिएको छैन। सम्भवतः मुन्धुममा वर्णन भएका सावा येत्हाङका सन्तानहरुलाई नै ऐतिहासिक कालमा किरात नामले चिनिन थालिएको थियो। उनीहरु यसै हिमाल वरिपरिका आदि वा अनादिवासि हुन” वरिष्ठ स्तम्भकार केशवराज पिण्डालीको खोज अनुसन्धान अनुसार “प्राचीन समयमा हिमालयको सम्पूर्ण दक्षिणी क्षेत्रमा अनादिवासी किरातीहरुको बसोबास थियो।
आसामको नागाल्याण्ड,प्र
ागज्योतिषपुर (वर्तमान कामाक्षा) देखि लिएर सिक्किम,दार्जिल
िङ,नेपाल,सतलज नदीको किन्नोर उपत्यका एवं कैलाश मानसरोवरसम्मको सम्पूर्ण क्षेत्र “किरात देश” कहलिन्थ्यो। किरात देशमा बसोबास गर्ने प्राचीन जाति भएबाटै उनीहरु किराती कहलिएका थिए।
नेपालको काठमाण्डौ उपत्यका,सतलज उपत्यकाको किन्नोर,मानसरोवरको दक्षिणी क्षेत्र सुवर्णपुर तथा विन्ध्याचलको सम्पूर्ण पहाडी क्षेत्रमा किरातहरुको अलग अलग राज्यहरु थिए।
Old –Testament-Samuel-नामक ग्रन्थको पद १५ र १६ अनुसार किरातीहरु लडाकु भएको उल्लेख गरिएकोछ। भारतका विद्धान इतिहासकार श्री राद्येय राधवका अनुसार किरातीहरु लडाकु सिकारी भएको हुनाले ती जातिको वासस्थान पहाडी खण्ड विशेष काबुल,काश्मिर,काराकोरम तथा हिमालय खण्डको फेदी र पहाड पखेरामा बस्ने गर्दथे भनेका छन। तत्कालीन जाँजबुझ केन्द्रद्धारा बि.स.२०३१ सालमा प्रकाशित “मेचीदेखि महाकालीसम्म” नामक ग्रन्थले विभिन्न श्रोत प्रमाण र आधारहरु दिएर यस ठाउँको इतिहास निकै लामो र अति प्राचीन रहेको देखाएकोछ। यसमा वंशावलीको उद्धृत गर्दै लेखेकोछ,द्धापर युग ८,३४००० वर्ष रह्यो। द्धापर युगको १५००० औं बर्षमा नेपाल आएर किरातहरुले यो देशमा १०००० बर्षसम्म शासन गरेका थिए। देवता (आर्य) हरु किरातीहरु भन्दा पछि मात्र आएका थिए।
किरात इतिहासकार इमानसिंह चेम्जोङका अनुसार प्राचीन वैदिक साहित्य तथा ग्रन्थहरुको विभिन्न विधाहरु (इ.पु ४५००–१००००) रामायण,पुराण,उप पुराण,कौटिल्यको अर्थशास्त्र,महाभारत,मनुस्मृति,वेदब्यास स्मृति,योगिनी तन्त्र,भरत मुनिको नाट्यशास्त्र लगायत विभिन्न तन्त्र शास्त्रहरुमा किराती जातिहरुवारे उल्लेख भएको पाइन्छ। यी किराती जातिहरु भारतीय आदीवासी थिए।
उनीहरु मध्य एशिया,पर्सिया,अ
फगानिस्थान,काश्मिर,पञ्जाव,राजस
्थान,ब्रह्मपुत्र नदीको बेँसीहरु,हालको नागा ल्याण्ड,त्रिपुरा साथै सम्पूर्ण हिमालय खण्ड (तिब्बतको केही भाग) मा समेत फैलिएका थिए।
वेदान्ती विद्धान डा.स्वामी प्रपन्नाचार्यका (वेदमा केछ? पृष्ठ ११२–११५) अनुसार प्राचीन वैदिक ग्रन्थहरुमा किरातीहरु अन्य कतै ठाउँबाट आएका हुन भन्ने
वैदिक ऋचाहरु लेखिएका छैनन्। अथर्ववेदको भाग ९ र १० मा “कैरातिक कुमारीका सकाखनती भेषजम” भन्ने मन्त्रले किरातीहरुको जन्म पात यहीँ हो भन्ने बताएकोछ।
यजुर्वेदको भाग ३०/१६ मा उल्लेखित “गुहाम्य किरातय्” भन्ने मन्त्रमा किरातीहरुवारे उल्लेख गरेको पाइन्छ। ऋग्वेदको नमुची,शम्बर,बर्ची आदि किराती नै हुन।
किरातीहरु आज पनि आफ्नै जन्मस्थलमा बसेका छन्।
इतिहासकार Kirk Patrick को टिप्पणी अनुसार भारत वर्षमा आर्य जातिको प्रवेश पूर्व हिमालको पहाडी खण्ड र इन्दस नदीको तटसम्म किरात (असुर) राजाको आधिपत्य थियो। महाभारतको एउटा अध्यायमा किरातहरुको देश हिमालयको अति दुर्गम स्थान अर्थात प्रथम सूर्योदय हुने देश लौहित्र अर्थात ब्रम्हपुत्र क्षेत्र हो भनेर स्पष्ट गरेकोछ।
लिम्बू धर्म संस्कृतिको खोज अनुसन्धान गर्ने प्रसिद्ध फ्रेन्च समाजशास्त्री फिलिप सेगान्तका अनुसार प्राचीन तिब्बतीहरुमा झैं लिम्बूहरुमा हिमाल,पहाड धर्तीका स्थानविशेष चट्टान,रुख,पोखरी,पानीको मूल,नदी नालामा देवी देवताहरु हुने विश्वास छ। उनीहरु प्रकृतिका अनुपम,अदभूत,अनौठा र अनकण्टार वस्तुहरु र ठाउँहरुलाई अलौकिक पवित्र शक्ति तथा सामर्थ्यशाली देवस्थल मान्दछन्।
यिनै हिमालय क्षेत्र वरिपरि बस्ने प्राग मानव पूर्खाहरुलाई मुन्धुम्मी भाषामा “सावा येत्हाङसा” भन्ने गरिएकोछ। उपरोक्त मानव शास्त्री तथा इतिहासकारहरुको खोज अनुसन्धानहरुलाई नियाल्दा यी जातिहरु हिमालय आसपास तथा मध्य एशियाभरि फैलिएका एक प्राचीन जाति थिए।
वैदिक काल पूर्व नै किरात सभ्यताको विस्तृत वर्णन भएको पाइनुले इतिहासको शुरुवात हुनु पूर्व हिमालयको “मारुङ पारुङ तेम्बे”ताक्लामकान हुँदै विश्वका विभिन्न ठाउँमा फैलिन पुगेका “सावा येत्हाङ” हरुको एक मानव समुह मानसरोवरको बाटो भएर सिन्धु नदी हुँदै दक्षिण भारततर्फ विस्तार भएको अनुमान गरिएकोछ। कतिपय लिम्बूहरुको माङ्गेन्ना मुन्धुम् अनुसार हेमन्तभूमिको “मुना तेम्बे”मा उत्पति भई पश्चिम तर्फ गई पर्सियाको मेदिया “कासी” तथा बेबीलोन भन्ने ठाउँमा बसेका थिए। त्यहाँबाट पूर्वतिर आएर गोकुल,सौराष्ट चितौर,सुखीकाङ्गी मधुसिङ्ला(मधुवन) सिमाङ्गढ,बराह क्षेत्र भएर महाफेदाप देशमा आई पुगेको मुन्धुमी काब्यात्मक श्रुतिकथाले पनि विचरीत जीवन शैलीको ऐतिहासिक चित्र प्रस्तुत गर्दछ। यस कथन अनुसार सावा येत्हाङसाहरु हेमन्तभूमिको “पारुङ मारुङ” तेम्बेबाट विचरित गर्दै संसारको विभिन्न स्थानमा पुग्ने समुह मध्ये विभिन्न दिशाबाट फेरि आफ्नै पुरानो थातथलोमा फर्की आएको अनुमान गर्न सकिन्छ।
सावा येत्हाङ मुन्धुम् शास्त्रमा जेजति ठाउँ,नदी नाला,हिमाल,पहाड र मैदानहरुको वर्णन भएकोछ। ति सबै फक्ताङलुङ वरिपरि वा पश्चिम पट्टि गन्धमादन पर्वत र पूर्व पट्टि इन्द्रकिल पर्वत हिमालको वरिपरि घुमेकोछ। उनीहरुले प्रतिपादन गरेका सिद्धान्त Super natural power को आधारमा धर्म,संस्कारको आधार निर्माण गर्दै लगेका थिए। हरेक संस्कार संस्कृतिमा गरिने कार्यविधिमा जसरी सौर्य मण्डलमा भएका ग्रहहरुले दायाँबाट बायाँ घुमेर परिक्रमा गदर्छन त्यसरी नै घुम्ने नियम बाँधेका थिए। निराकार सर्वब्यापी तागेरा निङवाफुमाङ (विश्वासले मानेको इश्वर) बाहेक कुनै पनि ब्यक्तिको मूर्ति वा तस्विर नराखी प्रकृतिको सञ्चालक पञ्च शक्तिलाई सम्मान गर्ने सावा येत्हाङ मुन्धुम्लाई “इक्सादिङ खाम्बेक तरङदिङ ताङसाङ” स्वचालित पृथ्वी र अन्तरिक्ष आकाश भनी ब्याख्या गरिएकोछ।
हिमाल वरिपरि मूलवासीहरुले हजारौं वर्ष राज्य गरेका थिए। लिच्छविकालमा सबै अभिलेखहरु संस्कृत भाषामा लेखिएका थिए। तर लिच्छविकालको अभिलेखहरुमा काठमाण्डौ उपत्यकामा राज्य गर्ने किरातहरुले प्रयोग गरेका धेरै शब्दहरु चलन चल्तिमा चलाएको पाइएकोछ। त्यहाँका मुख्यमुख्य अड्डा,खोला,बस्त
ि,पोखरी,डाँडा,बन,सोतो,कर आदिका नाम संस्कृतभन्दा भिन्न भाषामा थिए भन्ने स्पष्ट प्रमाणहरु पाइएकोछ। हिमाल वरिपरि बसोबास गर्ने आदिमानव सावायेत्हाङहरुको विभिन्न समुह मध्येकै एक समुहको आदिम भाषा नै ह्मप्रिङ,पुठम्पि्र्रङ,जमयम्वी,
दांयम्बी,सलम्बु,उत्थिम,चुह्वङ्
ग,म्हुप्रिङ,माप्चोक,लिङ्बल जस्ता शब्दहरु हुन। जो आजका किरात जाति हौ भन्ने राई,लिम्बू,सुनुवार र याक्खाहरुको भोट बर्मेली भाषासंग नजिकको सम्बन्ध राख्छ।
आदिम सावा येत्हाङसा मानवहरुले प्रकृतिको हरेक क्रियाकलापबाट ज्ञान हासिल गरेका थिए। मुन्धुम् अनुसार सर्व प्रथम “पिप्पुथाप” भीरमा फुङ्पित(चौँरी) गाईहरु जुध्दा चौँरी गाईहरुको सिङ दलसिङ ढुङ्गामा ठोक्किन जाँदा आगोको उत्पति भए पछि मात्र सावा येत्हाङसा,हरुले आगोवारे ज्ञान पाएका थिए। मरे पछि मृत्यु संस्कार नगर्दा मरेको आफ्नो आमा लुकी लुकी काम गर्न आए पछि माटो किनेर मृत्यु संस्कारको विधि पुर्याई दफन गर्ने संस्कारको विधि तयार गर्न पुगेका थिए। यी सबै विधि विधानको ब्याख्याहरुले हिमालयको छेउछाउ उत्पति भएका ति सावा येत्हाङसाहरु प्राग मानवहरु थिए। उनीहरुले प्रतिपादन गरेको मानव सभ्यता मुन्धुम्,श्रुति परम्परा र आख्यानमा मात्र बाँच्न सकेको वा इतिहास भएर लेखिन नसकेको एउटा मानव सभ्यता साथै त्यो अकाट्य सत्यको आधारमा तयार गरिएको श्रुतिपरम्पराको महाकाब्यिक इतिहासको सृष्टि गाथा नै “मुन्धुम्” नामले पुकारिन पुगेकोछ ।

Share:

प्रतिक्रिया