Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
1 years ago June 10, 2025 Visted:425

दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह


img

काठमाडौँ, जेठ २७  गते । चालु आर्थिक वर्षको दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको दस महिनाको तथ्याङ्कमा आधारित भएर मङ्गलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । 

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । 

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ भने १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । 

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैँकले जनाएको छ ।

Share:

प्रतिक्रिया