Thursday, June 11, 2026

Font Size:

logo
1 years ago May 11, 2025 Visted:411

होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण


img

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से घटेपनि यस दिन होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.५० प्रतिशत बढेको छ। यस उपसमूहअन्तर्गत सूचीकृत ६ वटै होटलहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक ३.७२ प्रतिशत घटेको छ।

आइतबार नेप्से परिसूचक १२.५३ अंक घटेर २६४९.११ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत साताको बुधबार साढे ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको ८८ हजार ९५५ पटकको कारोबारमा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँबराबरको २ करोड ४० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.३० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६६ करोड ५ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ६० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ५४ करोड नाघेको छ।


 

Share:

प्रतिक्रिया