Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Years ago April 06, 2025 Visted:250

नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने


img

जेरूसेलम, चैत २४ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।

इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, “दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’’ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सिधै अमेरिका प्रस्थान गर्ने योजना छ ।

यद्यपि ह्वाइट हाउसको भ्रमण इजरायली अदालतले उहाँको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हसन लागेको वालाले उल्लेख गरेको छ ।

ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन ।

करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । रासस/एएफपी

Share:

प्रतिक्रिया