Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Years ago February 24, 2025 Visted:402

युद्धको स्मरण कथाः जनकपुरको भानुचोकमा त्यो दिन सम्झँदा


img

                    
 विवश  डि.सि.

श्रावण महिनाको चर्को घाम,जनकपुरमा गर्मी असाध्य बढेको थियो । शरीरभरिबाट पसिनाका धाराहरु बगिरहेका थिए । ब्युरो कार्यलयमा दीनभरि आफूले सम्पादन गर्नुपर्ने कामहरु सकिएपछि, खाजा खाएर अघिल्लो रातिको निन्द्रालाई ओछ्यानमा बिसाउने योजनासहित अफिस बन्द गर्यौ र कोठातर्फ जानैलाग्दा,"तपाईहरुको कार्यलयमा डेलिगेसन आउदैछ,कार्यलय बन्द नगर्नु ।" भन्ने डिउटीमा रहेको प्रहरी  अफिसरको सुझाव आएछ ।
के विषयमा डेलिगेसन रहेछ त ? भनेर बुझ्दा,अघिल्लो दिन  जनकपुरको पिँडारी चोकमा रहेको गोदावरी मार्बलको स्वरूममा काम गर्ने कर्मचारीसँग स्थानीय पार्टी कमिटीका साथीहरुको सामान्य भनाभन हुँदा स्थानीय कमिटीका  साथीहरुले उक्त कर्मचारीसँग गफ गर्दै,सम्झाउँदै उसलाई आफूसँगै अलिपर आफ्नो सेल्टरसम्म लिएर गएकोभन्ने विषयमा हो रे । डेलिगेसन भन्ने बित्तिकै कुनै पनि विषयमा माग,दाबी र आफूलाई चित्त नबुझेका वा आफू असहमति रहेको विषयमा छलफल द्वारा सम्बन्धित निकायको ध्यानआकर्षण गर्ने/ गराउने भन्ने बुझिन्छ।  
करिब तीन महिनादेखि जनकपुरका ब्यावसायी,शिक्षक,कर्मचारी,प्राध्यापक,,व्यापारी,बुद्धिजीवी, बामबुद्धिजीवी र थुप्रै-थुप्रै स्थानीय जनताहरुसँग समसामयिक विषयहरुमा राजनैतिक,वैचारिक छलफल र बहसहरु चलाउँदै,गणतन्त्र र संघियताको पक्षमा बुझाइको एकरुपता कायम गर्ने/गराउने प्रकृयागत अभियानमाअत्यन्तै तिव्र रुपमा लागिरहेको कारण व्यस्त  थियौँ  हामीहरु ।  

त्यसो त केही समय अघि मलंहवा कारबाही र ०६२/०६३ को जन आन्दोलनको सफलतापश्चात हाम्रो  बटालियन सिन्धुली, सिराहा, सप्तरी,  धनुषा, सर्लाही, महोत्तरी लगायतका भुगोलहरुमा जनताहरुसँग लामो समयसम्म सहकार्य गरेका  पनि  थियौँ हामीहरुले । मधेसी समुदायमा उत्पिडित जनहरुको दुख,कष्ट र भावनालाई सुम्सुम्याउँदै, उत्पिडित समुदायका आवाजहरु सुनुवाइ गर्दै, व्यापक उजुरीहरु उपर टोलटोलममा पन्चायतीमार्फत समस्याहरु समाधान गर्दै, बस्तिहरुमा उनीहरुको समस्या र भावनाहरुसँग एकाकार गरेका थियौँ।

त्यो दिनमा पनि केही मागसहित छलफल होला । परिस्थिती हेरेर जबाफ दिने,वैचारिक/ राजनैतिक रुपमा कन्भिन्स गर्ने तथा आफूले हल गर्न नसकेको विषयलाई सम्बन्धित निकायमा पुर्याएर सहजिकरण गरिदिनु मेरो  जिम्मेवारी पनि हुन्थ्यो ।
कुरा ०६३ श्रावण महिनाको हो । म आफू जनमुक्ति सेना नेपाल १ न . डिभिजन मातहातको विशाल-कुमार स्मृती बृगेड अन्तर्गत कम्पनिको राजनैतिक कमिसारको भूमिकामा कार्यरत रहँदै गर्दा जनमुक्ति सेना क्यान्टोनमेन्टमा रहने निश्चित भइसकेपश्चात सेनाभित्रका हामीहरु लगायत पोलिटिकल लिडरहरुलाई सेनाको जिम्मेवारीबाट संगठनको जिम्मेवारीमा स्थानान्तरण गर्ने अभियानको रुपमा तत्कालिन जनकपुर+सगरमाथा ब्युरो अन्तर्गत विभागीय सचिवको भूमिकामा जनकपुरमा कार्यरत थिँए म । केहि दिन अगाडि स्थानीय युवा समुहहरुको ग्याङ्ग फाइट परेछ। मुद्दा पुलिसकोमा पुग्यो भने पुलिसले कानुनी उपचार गर्नुको साथै आफूहरुका करङ्गसमेत सेकिन सक्ने डर तथा माओवादी पार्टीले छिटो र छरितो न्याय दिन्छ भन्ने आत्मविश्वास ।

 त्यसमा पनि पहाडी समुदायका हामीहरुमार्फत सफा रुपमा न्याय पनि पाइने,भावना पनि मिल्ने र सुरक्षित पनि भइने उदेश्यले, आफ्नो ग्याङ्ग निर्दोष भएको दावासहित  न्यायको निम्ति हाम्रो कार्यलयमा आएको उजुरीहरुमा त्यो राती दुवै ग्याङ्गका नौजवानहरुबिच हाम्रो कार्यलयमै रातभरी लामो छलफल गराएर वैचारिक र भावनात्मक दुवै हिसाबले दुवै तर्फको जित विनविन थ्याैरी अन्तर्गत अत्यन्तै मेहेनत गरेर मुद्दा मिलाएर दुवैतर्फका युवाहरुलाई खुसी अनि संतुष्ट बनाएर पठाउँदा झुपुक्क निदाउन पनि नपाएर निन्द्राले ज्यान लट्ठ बनिसकेको थियो । तैपनि राष्ट्रसेवक प्रहरीको सुझावअनुसार कार्यालय खोल्नै पर्यो, मधेसी जनताहरुको गुनासोले भरिएका कुरा सुन्नै पर्यो भन्ने आशयले पुन: कार्यालय खोलेर बस्यौ ।
केही बेरपछि भानुचोकमा ठुलो हल्लाखल्ला सुनियो । त्यसको क्षणभरमैअत्यन्तै अश्लील गाली गलौज र ठूलो चिच्याहटसहित विचार र मानवीय संवेदना शून्य जस्तै लाग्ने अराजक जथ्थाले भानुचोकमा रहेको हाम्रो ब्युरो कार्यालयमाथि ढुङ्गा-मुढाहरु प्रहार गर्दै,कार्यलय तोडफोड गर्दै भित्र प्रवेश गर्यो । अत्यन्तै तल्लो स्तरको,निकृष्ठ,र अश्लील शब्दहरुद्वारा सुन्नै नसकिने गालीगलौज गर्दै, एक्कासी ढोकाभित्र पस्यो डेलिगेसन ? "हाम्रो मान्छे ल्याउछस् कि तलाई यहीँ  जिउँदै .............…" भन्दै झ्याप्पै म लगायत साथीहरुको घाँटी समातेर निचोर्न लाग्यो  भने  रातभरिको निन्द्राले सिथिल बनिसकेको ज्यानमाथि मुक्का तथा लात्तीहरु बजार्न लाग्यो डेलिगेसनले त ! (उनीहरुको डिस्कस परेको त हामीहरुसँग त हैन नि ? हाम्रो त उनीहरुसँग कुनै पनि सरोकार थिएन नि ! आफ्नो मुद्धालाई सम्बन्धित ब्याक्त्ति वा निकायसँग  बसेर मिलाउने हो नि ! बद्मासहरु ।) त्यति मात्र कहाँ हो र ? यो ज्यानलाई तान्दै, घिसार्दै, लछार्दै ढोकाबाहिर निकालि त हाले ! हैट लु आज  भैया लोगोको शिकार हुने नै भैयो त अब भन्ने लागिहाल्यो । बाहिर एकहुल पुलिसहरु रहेछन् । मैले पुलिसहरुसँग डेलिगेसन,र यसको प्रकृति,सुरक्षा र हाम्रो टिमको जीवनरक्षाको कुरा गरें । तर १२/१५जनाको संख्यामा रहेका प्रहरीहरुले लाटाले पापा हेरेझैं टवाल्ल हेरिरहेका मात्र थिए । सायद उनीहरुको टिम सानो भएर हुन सक्छ ।अराजहरुद्वारा मुण्ट्याइँदै र  घिसारिँदै गर्दा मैले फेरि पनि उपस्थित प्रहरी अधिकृतसँग  डेलिगेसन भनेको यहि हो ? भनेर प्रश्न गर्दै, सुरक्षाको बारेमा थप सहयोगको याचना गरें । क्षणभरमै म, अखिल क्रान्तिकारिका विधार्थी  नेता कमरेड शिशिर खड्गी भंगेरी,रामेछाप र मेरो कार्यालयको सहयोगी भाइ मुलखर्क ओखलढुङ्गालाई भानुचोमा रहेको भानुभक्तको सालिकमुनि पुर्याएर थप आक्रमण सुरु गरे। 

कसो-कसो गरेर प्रहरीहरुले हामीलाई सालिकको मुनि गोलाकार रेलिङ्गभित्र हुत्याएर बाहिरबाट घेरा हालेर हाम्रो सुरक्षा पहरा दिने कोसिस गर्यो । त्यतिबेला सम्ममा वरिपरि ३२/३५ जना प्रहरीहरु देखिए तापनि त्यो अराजक र उत्तेजक भिड सामु त्यति थोरै प्रहरी फोर्स निरीह साबित भइसकेको थियो ।
त्यतिबेला सम्ममा अघिल्लो राति धेरै मेहनेत गरेर मुद्दा मिलाइएका टोलिका दुवै तर्फका कमाण्डर लगायत सदस्यहरुले स्थानीय विध्यार्थी  साथीहरु मार्फत पालैपालो चिट् पठाएर हामीसँग  पेस्तोल र अरु हतियारहरु पनि छन् । सालाहरुलाई ठोकी दिन्छौँ। नत्र तपाईहरुलाई मार्न आँटिसके त ? भन्दै भिडमा गोली वर्षाउने अनुमती माग्दै, चिटहरुमार्फत खबर पठाउनुभयो र पठाइरहनुभयो । त्यसो त हतियारहरु हामीहरुसँग पनि त थिए नि ?  हामीले पनि हतियार क्याण्ट्नमेनमा राखिसकेका थिएनौ नि ! तत्कालिन साहीसेनाबाट खोसिएका मालका आधुनिक हतियारहरु थिए नि हामीहरुसँग पनि । तर ती हतियारहरु कहाँ ? कहिले? र कतिबेला प्रयोग गर्ने भन्ने मेसो पाइएन र जानिएन भने त  गणतन्त्र हैन रणतन्त्र पनि आउन सक्दथ्यो नि ,त्यो उदन्ड र अराजक  भिडसहितको जत्थाबाट ?  त्यो कुनै राजनैतिक चेतनाको भिड नभएर क्र्बल अराजक जत्था मात्र थियो । तर हामीमाथि साङ्घातिक आक्रमण हुँदा त्यो त हाम्रासमर्थक, सुभचिन्तक साथीहरुको हामीप्रतिको आत्यमीयता सहितको गहिरो भावनाको पाटो थियो, गोलि हान्नुपर्छ भन्ने चाहिँ  । 

मसँगै कुटाइ खाइरहने मेरो प्यारो भाइ कमरेड शिशिर,उमेरले सानै भए पनि वैचारिक राजनैतिक रुपमा राम्रो क्षमता भएको उर्जावान र भरोसायोग्य विध्यार्थी नेता हुनुको साथै सुझबुझ सहित निर्णय गर्नको निम्ती धेरै राम्रो सहयोगी पनि हुनुहुन्थ्यो तर त्यतिबेला चाहि उहाँ लगायत साथीहरु पनि अब गोली चलाउन ढिला नगरौ,  गोली चलाउन दिउ, हामीलाई मार्नै लागिसकेअब ठोक्नैपर्छ भनेर जिद्दि गर्न लाग्नुभयो । गोलि चलाउन नदिएकोमा मसँग जोडले रिसाउनु पनि भयो  शिशिरजीहरु । तर भावावेश र क्षणिक उत्तेजनामा आएर  केबल आफूहरु बाँच्नको निम्ति गुण्डागर्दीको साहारा लिएर,भयानक जोखिम उठाउनु बुद्दिमानी हुँदैन थियो । त्यसो त झन गर्नै हुदैनथियो । मैले हुँदैन भन्ने खबर पठाँए अनि पनि पटक-पटक पठाइरहे,अनि आफूसँगैका साथीहरुलाई पनि कन्भिस गरिरहेँ । किनकि तत्कालीन समय भनेको कुनै अदृष्य शक्तिले मधेशी जनाधिकार फोरमको नाममा मधेशी जनताहरुको मनोबिज्ञानलाई भड्काएर मधेशी र पहाडी समुदायबिच साम्प्रदायिक दंगा भड्काएर, मुलुकमा अस्थिरता शृजना गर्नको निम्ति निहु (इस्यु ) हरु खोजिरहेको  अत्यन्तै संबेदनशील अवस्था पनि थियो । तसर्थ पनि हामीरुआफैंले त्यस्तो गलत निर्णय गर्नु हुँदैन भन्ने लाग्यो। बरु म आफू एकजना मर्न तयार हुँदा नै मेरो मुलुक र मेरो पार्टीलाई सस्तो र सहज हुन्थ्यो भन्ने मेरो ठहर रह्यो ।
भानुचोकमा रहेको काठमाण्डौ गेष्टहाउसका संचालक मेरा आत्मीय  मित्र गोपाल अर्याल,( गुल्मी )स्थानीय पत्रकार मित्र गणेश खरेल अनि जनमुक्ति सेना नेपाल १ न. डिभिजन कार्यलयका इन्टेलिजेन्ट ( जासुसी) विभाग प्रमुख कमरेड माहोल लगायत साथीहरुले नजिकबाट हामी र समग्र अवस्थालाई नियालिरहनु भएको रहेछ । उक्त  घटनाले गम्भीर रुप लिदै गएको कुरा गम्भिरतापूर्वक रुपमा,तत्काल १ न. डिभिजन कमाण्डर कमरेड राजेस( धन ब. मास्के) र ब्युरो इन्चार्ज हरिबोल गजुरेल कमरेड शितलकुमारकोमा पुर्याउनु भएछ। राजेस र सितलकुमार दाइले पालैपालो धनुषाको तत्कालिन प्रहरी प्रमुख  एस.एस पी र प्रमुख जिल्ला अधिकारिलाई हाम्रो जीवनरक्षाको निम्ति तत्काल पहलकदमी लिइहाल्न निर्देशन दिनुभएछ । 

तत्काल एस पी विज्ञान राज शर्मालाई एस एस पीको कडा निर्देशन आएपछि बल्ल जनपथ र सशस्त्र प्रहरीका दर्जनौ भ्यान र ट्रकहरु डी एस पीहरुको नेतृत्वमा चारैतिरबाट साइरन बजाउदै भानुचोक आइपुगे । भिडलाई जबर्जस्ती परतिर धकेल्दै, हामीहरु रहेको ठाँउ भानुको सालिक वरिपरि चार/पाँच वटा शक्तिशाली घेरा बनाएर  हामीलाई सुरक्षा दिए । शरीर त मधेशका अराज जत्थाहरुले चिथर-चाथर अनि थिलो-थिलो पारिसकेका थिए तैपनि अब चाहिँ बाँचिने भैयोकि ? तै बाँचिन्छ कि ? जस्तो लाग्यो । तर अझै पनि ढुङ्गा-मुढाको वर्षा हुन रोकिएको थिएन । 
समय बितिसकेको थियो । बढिसंख्यामा रहेका प्रहरीहरुले पेल्न र शक्ति प्रदर्शन गर्न थालेपछि भिड एकपछि अर्को गर्दै थप अराजक र आक्रमक हुँदै थियो । एस पि विज्ञान राज शर्माले डि एस पिलाई फोन गरेर हामीलाई तत्काल जि प्रका ल्याएर आउने निर्देशन दिनुभएछ । डी एस पी ले मलाई एस पी सापसँग कुरा गराउनु भयो । जीवन रक्षाको निम्ति हामी प्रहरीहरुसँग जानैपर्दथ्यो  र गयौ पनि । अराजक भिड हुत्तिदै हाम्रो पछि-पछि आयो ।
हामी एस पी कार्यलय पुग्दै गर्दा एसपीको कोठामा सबै सिनियर तथा जुनियर प्रहरी अफिसरहरु जम्माभैसकेका रहेछन् । तत्कालिन जनकपुरका  एस पी विज्ञान राज शर्मा र कमरेड राजेसको बिचमा फोनमा कुराकानी हुदैरहेछ । विवश जि पनि आइपुग्नुभयो भन्दै,एसपी सापले फोन मलाई दिनुभयो । क.राजेस सँग लामो कुरा भयो र घटनाको बारेमा स बिस्तार बास्तविकता बताएँ मैले । फेरि तत्कालै शीतल दाइको फोन आयो । शीतलकुमार दाइसँग पनि सोही घटनाको विषयमा २० मिनेट जति कुरा भयो ।  हाम्रोअवस्था हेरिनसक्नुकै थियो । एस पीले मलाई फ्रेश हुने वातावरण मिलाइदिनुभयो । 

अघि गोलिचलाउन नदिएकोमा आफ्नै साथीहरुद्वारा आलोचना  मात्र भएन ताकि मलाई घेराबन्दि गरी  सबैजना रिसाउँदै  नमज्जासँगले आलोचना गर्न लाग्नुभयो । त्याहाँ गोलि चलाएर कुनै एकजना मधेसी मारिएको हुन्थियो भने त्यसपछिको परिणाम के कस्तो अनि कतिसम्म हुनसक्दथ्यो ? हामीले बोकेका हतियारहरु कतिबेला र कुन अवस्थामा प्रयोग गर्ने ? भन्ने बारे मैले सबिस्तार व्याख्या गर्दै, अक्रामक साथीहरुलाई कन्भिन्स गर्दै, सम्झाउने कोसिस गरेँ ।  

ब्युरो कार्यलयसँगको लामो कुराकानी र आफ्नै साथीहरु सँगको छलफल पश्चात् एस पी साप र अन्य अफिसरहरुलाई सायद अनौठो लागेछ क्यारे, एस पी विज्ञान राज शर्माले त प्याच्छ भनिहाल्नुभयो कि , " माओवादी पार्टीमा तपाईंजस्ता मान्छेहरु पनि छन् ? अनि हुन्छन् र ? भन्ने प्रश्न गर्दै ,"यस्तो कुरा मैले सोचेको पनि थिएन " भन्नुभयो ।  साथै बिबेकपुर्ण निर्णय लिएर गम्भीर दुर्घटना हुन बाट जोगाएकोमा तपाईहरुलाई विशेष धन्यबाद  छ " पनि भन्नू भयो ।
हामीप्रतिको उहाँहरुको सोचाइ,बुझाइ र त्यो अभिव्यक्ति भनेको हामी र समग्र माओबादी मुभमेण्टलाई हेर्ने उहाँहरुकोआफ्नै दृष्टिकोण पनि हो । किनकि करिब ५ /६ महिना अघिसम्म वर्षौ देखि एकापसमाआम्ने-साम्ने बन्दुकसहितको लडाइँ लड्दै गरेको तथा राज्यले आतंककारी घोषणा गरेको शक्तिसँग त्यतिसम्मको विवेक रहेछ बा ! भन्नेमा अचम्म लागेको पनि हुनसक्छ उहाँहरुलाई ! त्यो त एउटा प्रहरी फोर्सको उच्च अफिसर एस पीसाप र उहाँहरुको विवेक र चेतनामा भर पर्ने कुरा हो । तर सापहरुलाई के कुरा पुन:अगवत गराउन चाहेको हो भने हामीहरु आफू जलेर भए पनि दुनियाँलाई उज्यालो दिनु पर्छभन्ने माओवदी मान्यताप्रति दृढ छौ र रहिरहन्छौँ । आफूहरुमाथि अत्यन्तै अमानवीय रुपमा त्यसरी अराजक जत्थाबाट,निकृष्ठ ढङ्गले आक्रमण हुँदा हामीले पनि हतियारहरु क्यान्ट्नमेनभित्र थन्क्याइसकेका त थिएनौ  नै । आफूहरु नै मर्ने अवस्था आइसकेपछि हामीले पनि गोली चलाएर २, ४ जना अराजक ,उदण्डहरुलाई मार्दा पनि, "जाइ कटक नगर्नु, झिकी कटक गर्नु " भन्ने भनाइको सार्थकता पनि हुन सक्थ्यो । तर फेरि चिज बेग्लै हुनसक्दथ्यो  नि ! 
गफ-गाफ र छलफलकै बिचमा बेलुकाको खानाको मेष खुल्यो भन्ने जानकारी आयो । सापहरुसँगै हामीहरुलाई पनि त्यही खाना खाने व्यवस्था मिलाइएको रहेछ ।
लु धेरै दिनपछि पुन: मेषमा ठूलो भाँडामा पकाइएको  खाँट्टि सरकारी खाना खाइयो । अझैसम्म पनि एक अर्कोमा ससंकित भइरहेको प्रहरी फोर्स सिनियर र जुनियर अफिसर र प्राय सबैसँग लामो भलाकुसारी पनि भयो । हामीहरु प्रतिका थुप्रै जिज्ञासा् ,कौतुहलता पनि रहेछ उहाँहरुमा । विवेकले भ्याएसम्म जवाफ दिएँ र कन्भिन्स पनि गरेँ मैले । लामो समय कुराकानी र छलफल भयो । 
राती अबेरतिर घटनामा संलग्न टिमले त्यो केटालाई फिर्ता पठाइदिएको खबर प्राप्तभएपछि एकआपसमा सम्झौता भयो ।  ब्युरो र जिल्ला पार्टीका जिम्मेवार साथीहरुले हामीलाई  रिसिभ गर्न आउनुभयो । 
लु विवेकशून्य अराजक जत्थाको हातबाट भनौ वा कालको मुखबाट यसरी बँचियो है माइ डियर ! 
अन्तमा :गम्भिर दुर्घटना हुनबाट हामीहरुलाई बचाउन अत्यान्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ब्युरो कार्यालय, तत्कालिन १ न. डिभिन कार्यालय ,आत्मीय  सहयोद्धा कमरेड माहोल, काठमाण्डौ गेष्टहाउसका संचालक  गोपाल अर्याल, पत्रकार गणेश  खरेल लगायत अत्यन्तै सहयोगी र सम्पूर्ण आत्मीय मनहरु, गम्भिर घटना हुनबाट ढिलै भए पनि सुरक्षा र हामीहरुको उद्दार कार्यमा जुट्नुहुने धनुषाका तत्कालीन प्रहरी प्रमुख एस एस पी विज्ञान राज शर्मा लगायत तत्कालीन जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत  नेपाल प्रहरीका सबै तहकाअफिसरहरु र सम्पुर्ण प्रहरी कर्मचारिहरुप्रति हार्दिक धन्यवाद ! एवं  सधैभरिको निम्ति मिठो अनि सुमधुर सम्झना !!

Share:

प्रतिक्रिया