Wednesday, October 28, 2026
मानसरोवर नेपाल
ब्रेकिंग न्युज
Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने Breaking ‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो Breaking विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित Breaking आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने Breaking केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा Breaking बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ? Breaking एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
2 Years ago January 14, 2025 Visted:301

पाँच महिनामा वाणिज्य बैङ्कहरूको नाफा ३० अर्बमाथि


img

काठमाडौं । चालु आवको पाँच महिनामा वाणिज्य बैङ्कहरूले ३० अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।
 
राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्यांकअनुसार वाणिज्य बैङ्कहरूले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 
 
हाल सञ्चालनमा गरेका २० वटा वाणिज्य बैङ्कहरूमध्ये कृषि विकास बैङ्क घाटामा गएको छ भने बाँकी १९ वटा बैङ्कले नाफा कमाएका छन् । 
 
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा बैङ्कले नाफा बढाउन सफल भएका छन् भने बाँकीको घटेको छ ।
 
अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैङ्कहरूले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैङ्कहरूको नाफा ६.६ प्रतिशतले बढेको छ ।
 
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको छ । बैङ्कले चालु आवको मङ्सिरसम्म ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 
 
त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा कम कमाउने वाणिज्य बैङ्कमा एनआइशी एसिया बैङ्क रहेको छ । सो अवधिमा बैङ्कले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, समीक्षा अवधिमा कृषि विकास बैङ्क ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ ।
 
समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
 
 यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ, कुमारी बैङ्कले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैङ्कले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेस्ट बैङ्कले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैङ्कले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैङ्कले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैङ्कले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
 
यस्तै, सो अवधिमा नेपाल बैङ्कले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैङ्कले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 
 
त्यस्तै, चालु आर्थिक वर्षको मङ्सिरसम्म हिमालयन बैङ्कले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैङ्कले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैङ्कले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैङ्कले ६९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Share:

प्रतिक्रिया