Friday, September 11, 2026

Font Size:

logo
1 weeks ago September 01, 2026 Visted:6

विष्णुमति नदीमा जलसतह बढ्दो, सतर्कता अप्नाउन आग्रह


img

काठमाडौँ, भदौ १६ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जलसतह बढ्दो छ । 

सो क्षेत्रका जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेहरुमा रहनेहरुले सतर्कता अप्नाउन अनुरोध गरिएको छ ।यसैगरी, नदी किनारको सडकबाट यात्रा गर्नेहरुले पनि सतर्कता अप्नाउन महाशाखाले सूचना जारी गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी पानी सिन्धुपाल्चेक क्षेत्रमा परेको छ । यसका साथै चितवन, नवलपरासी सुस्ता पूर्व, कास्कीमा पनि केही ठाउँमा मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ । 

Share:

प्रतिक्रिया