Friday, September 11, 2026

Font Size:

logo
2 Weeks ago August 29, 2026 Visted:7

भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध


img

काठमाडौं, भदौ १२ गते । रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ । 

अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको छैन तर सतर्क रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले सो जानकारी दिनुभएको हो । यो सूचना गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पुष्टि गरेको छ ।  

वरिष्ठ डिभिजनल जलविज्ञ विनोद पराजुलीले तालबाट पानी बाहिरिन थालेको र भोटेकोशीमा पानीको बहाव बढेको जानकारी दिनुभएको छ ।

Share:

प्रतिक्रिया