Friday, September 11, 2026

Font Size:

logo
2 Weeks ago August 29, 2026 Visted:9

प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई


img

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिनुभएको छ । शुक्रबार बेलुका सामाजिक सञ्जालमार्फत उहाँले ढाँटलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिनुभएको छ । 

“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद”, प्रधानमन्त्री शाहले लेख्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो । सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ ।” 

Share:

प्रतिक्रिया