Thursday, June 11, 2026

Font Size:

logo
6 Hours ago June 11, 2026 Visted:4

विश्वकपका लागि मेसी तयार


img

डर्बन, जेठ २८ गते । लियोनेल मेसी आफ्नो छैटौँ विश्वकपका लागि तयार देखिनुभएको छ । चोटका कारण करिब तीन हप्तापछि मैदानमा फर्किएका मेसीले गोल गरेपछि अर्जेन्टिनाले बुधबार अभ्यास खेलमा आइसल्यान्डलाई ३–० ले पराजित ग¥यो । मेसीले विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाका लागि २० मिनेट मैदानमा बिताउनुभएको थियो । 

खेलको ७० औँ मिनेटमा मैदान छिर्नुभएका मेसीले दुई मिनेटपछि पेनाल्टीमा गोल गर्नुभयो । लाउटारो मार्टिनेजलाई डिबक्समा लडाइएपछि अर्जेन्टिना र मेसीले गोल गर्ने अवसर पाउनुभएको हो । मेसीसमक्ष विश्वकपमा यस पटक सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसर छ । विश्वकपमा मेसीको नाममा सर्वाधिक खेल (२६) खेल खेलाडीको कीर्तिमान रहेको छ । यसै गरी सर्वाधिक गोलकर्ताको सूचीमा उहाँ जस्टिन फन्टिनसँग संयुक्त रूपमा चौथो स्थानमा हुनुहुन्छ । यी दुवैले विश्वकपमा १३÷१३ गोल गर्नुभएको छ । यी दुईभन्दा अगाडि जर्मनीका मिरोस्लाभा क्लोज (१६ गोल), ब्राजिलका रोनाल्डो (१५ गोल) र गर्ड मुलर (१४ गोल) हुनुहुन्छ । मेसीले छनोट चरणमा आठ गोल गर्नुभएको थियो । त्यसैले यो लय कायम रहेमा मेसीले विश्वकपमा क्लोजको कीर्तिमान तोड्न सक्ने सम्भावना रहेको छ ।

आइसल्यान्डविरुद्ध मेसी तेस्रो गोलमा पनि संलग्न हुनुभयो । मेसीले दिएको पासमा रोड्रिगो डी पलले थियागो अल्माडालाई गोलका लागि एसिस्ट गर्नुभएको थियो । यसअघि पहिलो गोल भ्यालेन्टिन बार्कोले गर्नुभएको थियो । एजेन्सी   

Share:

प्रतिक्रिया