Thursday, June 11, 2026

Font Size:

logo
6 Hours ago June 11, 2026 Visted:4

मेस्सीको पुनरागमनसँगै आइसल्यान्डमाथि अर्जेन्टिनाको सानदार जित


img

काठमाडौँ, जेठ २७ गते । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निकालेको छ ।

अमेरिकास्थित अलाबामाको अउबर्नमा बुधबार बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० गोलले हरायो । चोटका कारण केही समयदेखि मैदान बाहिर रहनुभएका मेस्सीले समेत आइसल्यान्डबिरुद्ध गोल गर्नुभयो ।

मेस्सी इन्टर मियामीको मेजर लिग सकर (एमएलएस)अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्धको खेलमा घाइतेभएपछि आराममा हुनुहुन्थ्यो । सुरुवातमा बेन्चमा रहनुभएका मेस्सीले खेलको अन्तिममा आएर गोल गर्नुभएको हो । 

यसअघि आठौँ मिनेटमा भालेन्टिन बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभयो । त्यसपछि मेस्सीले ७२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यस्तै ८७औँ मिनेटमा थियागो आल्माडाले गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो । 

कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्न लाग्नुभएका मेस्सी प्रेरित अर्जेन्टिना अहिले उपाधि रक्षा गर्ने लक्ष्यका साथ अमेरिकामा छ । अर्जेन्टिना यस विश्वकपमा समूह ‘जे’ बाट प्रतिस्पर्धा गर्दैछ ।

अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्ने छ । यस समूहमा जोर्डन र अष्ट्रिया पनि रहेको छ । एजेन्सी 


 

Share:

प्रतिक्रिया