संदिप लुइटेल/काठमाडौं । पछिल्लो समय नेपालमा गुणस्तरीय र व्यवहारिक शिक्षाको खोजी गर्ने विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइमध्ये एक बनेको छ काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी) । दुई दशकभन्दा लामो शैक्षिक अनुभव बोकेको केएमसीले आधुनिक शिक्षालाई व्यवहारिक सीप र अनुशासनसँग जोड्दै आफूलाई नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ । सन् २००० मा स्थापना भएको तथा आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त यस संस्थाले बागबजार र बालकुमारीबाट प्लस टुदेखि स्नातकोत्तर तहसम्म अध्ययनको सुविधा प्रदान गर्दै आएको छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विशेष पहिचान बनाएको केएमसीले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै केएमसीले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा नभई प्रयोगात्मक र जीवनोपयोगी सिकाइमा जोड दिएको छ । अत्याधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा तथा अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधारले यहाँको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाएको छ । अनुभवी तथा समर्पित प्राध्यापकहरूको मार्गदर्शन केएमसीको अर्को विशेषता हो । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका परीक्षाहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्नुका पछाडि शिक्षकहरूको मेहनत र व्यवस्थित शैक्षिक प्रणालीलाई मुख्य कारण मानिन्छ । केएमसीले विद्यार्थीलाई केवल शैक्षिक रूपमा सक्षम बनाउने मात्र होइन, उनीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति बनाउने लक्ष्य राखेको छ । त्यसका लागि नियमित कक्षासँगै विभिन्न सीपमूलक तालिम, प्रस्तुतीकरण कार्यक्रम, बौद्धिक प्रतियोगिता तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको छ ।विद्यालयले अनुशासन, नैतिक मूल्य र सकारात्मक सोचलाई शिक्षाको महत्वपूर्ण आधार मानेको छ । यही कारण विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सिकाइप्रतिको लगाव विकास गर्न संस्था निरन्तर सक्रिय देखिन्छ ।आधुनिक पूर्वाधार, गुणस्तरीय शिक्षण प्रणाली र अनुभवी शिक्षकहरूको साथले काठमाडौं मोडल सेकेण्डरी स्कुल आज उत्कृष्ट भविष्य निर्माण गर्न चाहने विद्यार्थीका लागि भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा परिचित बनेको छ ।
प्रतिक्रिया