Tuesday, June 02, 2026

Font Size:

logo
6 Day ahead May 27, 2026 Visted:3

४५ वर्षको शैक्षिक यात्रासँगै नेतृत्व उत्पादनमा अग्रसर भीएस निकेतन


img

संदिप लुइटेल/काठमाडौं । । काठमाडौँको तीनकुने–मिनभवन क्षेत्रमा अवस्थित भीएस निकेतन सेकेण्डरी स्कुल एण्ड कलेजले चार दशकभन्दा लामो शैक्षिक यात्रासँगै नेपालको विद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । सन् १९८१ मा वरिष्ठ शिक्षाविद् स्व. डा. बाबुराम पोखरेलद्वारा स्थापना गरिएको यस शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर उत्कृष्ट नतिजामार्फत अग्रणी संस्थाको रूपमा स्थान बनाउँदै आएको छ ।
स्थापनादेखि नै शैक्षिक गुणस्तरलाई केन्द्रमा राख्दै आएको भीएस निकेतनले विद्यार्थीलाई केवल परीक्षामुखी नभई व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउने लक्ष्य राखेको छ । यही दृष्टिकोणका कारण यहाँ अध्ययन गरेका विद्यार्थीहरू विभिन्न पेशागत क्षेत्रमा सफल रूपमा स्थापित हुँदै आएका छन् । यसै विद्यालयका पूर्व विद्यार्थीमध्ये एक हुन् नेपालका ४७औँ प्रधानमन्त्री बालेन्द्र शाह, जसले यसै संस्थाबाट आफ्नो प्रारम्भिक शैक्षिक आधार तयार गरेका थिए । यसले विद्यालयको शैक्षिक वातावरण र नेतृत्व विकासमा रहेको प्रभावलाई थप उजागर गर्छ । भीएस निकेतनले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ, जहाँ नियमित रूपमा उच्च शैक्षिक नतिजा हासिल हुँदै आएको छ । स्मार्ट कक्षाकोठा, आधुनिक प्रयोगशाला, डिजिटल शिक्षण प्रणाली र व्यवस्थित पुस्तकालयले सिकाइ वातावरणलाई अझ प्रभावकारी बनाएको छ । विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, विद्यार्थी क्लब तथा नेतृत्व विकास कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास र प्रतिभा उजागर गर्ने अवसर प्रदान गरिँदै आएको छ ।
अनुभवी शिक्षकहरूको मार्गदर्शन, अनुशासित शैक्षिक वातावरण र प्रविधिमैत्री शिक्षण प्रणालीका कारण भीएस निकेतनले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । साथै, विद्यार्थीको मानसिक तथा शैक्षिक विकासका लागि नियमित परामर्श सेवासमेत उपलब्ध गराइन्छ ।
चार दशकभन्दा बढीको यात्रामा भीएस निकेतन केवल एक विद्यालय मात्र नभई सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

Share:

प्रतिक्रिया