काठमाडौं । पछिल्लो समय गुणस्तरीय र व्यवहारिक शिक्षाको खोजी गर्ने विद्यार्थी तथा अभिभावकका बीच नेपाल मेगा कलेजले आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ । बबरमहलमा अवस्थित यस शैक्षिक संस्थाले छोटो समयमै आधुनिक शिक्षण शैली, अनुसन्धानमुखी अध्ययन र विद्यार्थी केन्द्रित वातावरणमार्फत शिक्षाक्षेत्रमा प्रभावशाली उपस्थिति जनाउन सफल भएको हो । सन् २०११ मा स्थापना भएको नेपाल मेगा कलेज अनुभवी शिक्षक, शिक्षाविद् तथा युवा उद्यमीहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो ।
“उत्कृष्टताका लागि मेगा केन्द्र” भन्ने मूल नारासहित अघि बढिरहेको कलेजले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्ययनको सुविधा रहेको यस संस्थामा कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी तथा कानून संकाय सञ्चालन हुँदै आएका छन् । विद्यार्थीको रुचि, क्षमता र भविष्यको आवश्यकता अनुसार शिक्षण पद्धति तयार गरिएकाले यहाँको सिकाइ वातावरणलाई व्यवहारिक र समयसापेक्ष मानिन्छ । नेपाल मेगा कलेजले केवल परीक्षा केन्द्रित शिक्षामा सीमित नरही विद्यार्थीमा अनुसन्धान गर्ने क्षमता, सिर्जनशील सोच र समस्या समाधान गर्ने सीप विकासमा विशेष जोड दिएको छ । यही कारण विद्यार्थीलाई आत्मनिर्भर, नेतृत्वदायी र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्य संस्थाले लिएको छ । आधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा र अनुभवी शिक्षकहरूको सहकार्यले कलेजको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाएको छ ।
अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रममार्फत विद्यार्थीको व्यक्तित्व विकासमा पनि संस्थाले विशेष ध्यान दिँदै आएको छ ।शैक्षिक गुणस्तर, नवीन शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण नेपाल मेगा कलेज आज देशभरका विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै
गएको छ ।
प्रतिक्रिया