काठमाडौं । समयअनुसार परिवर्तनशील शिक्षण पद्धति र व्यवहारिक सिकाइलाई आत्मसात गर्दै ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुलले आफूलाई नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गरेको छ । डिल्लीबजारमा अवस्थित यस संस्थाले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको व्यक्तित्व विकासलाई समान प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत प्लस टु तहमा विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको ट्रिनिटीले प्रतिष्ठित क्याम्ब्रिज ए–लेभल कार्यक्रममार्फत पनि उत्कृष्ट शैक्षिक वातावरण प्रदान गरिरहेको छ । यसबाहेक स्नातक तहमा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुँदै आएका छन् । ट्रिनिटीको शिक्षण प्रणाली केवल पाठ्यपुस्तकमा सीमित छैन । विद्यार्थीलाई सिर्जनशील, आत्मविश्वासी र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यसहित यहाँ व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामा विशेष जोड दिइन्छ । आधुनिक प्रयोगशाला, डिजिटल कक्षाकोठा र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको छ । अनुभवी प्राध्यापक र दक्ष व्यवस्थापन टोलीको नेतृत्वमा सञ्चालन भइरहेको यस संस्थाले विद्यार्थीको क्षमता विकासका लागि १५० भन्दा बढी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । खेलकुद, नेतृत्व विकास, प्रस्तुतीकरण, अनुसन्धान तथा सामाजिक गतिविधिमार्फत विद्यार्थीलाई बहुआयामिक रूपमा सक्षम बनाउने प्रयास गरिन्छ ।विद्यार्थीको शैक्षिक उपलब्धिसँगै मानसिक, सामाजिक र व्यक्तिगत विकासलाई पनि प्राथमिकतामा राख्ने ट्रिनिटीले मार्गदर्शन र परामर्श सेवामार्फत विद्यार्थीलाई सही दिशा प्रदान गर्दै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सल्लाहकारहरूको सहकार्यले यहाँको शैक्षिक वातावरणलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाएको छ ।आधुनिक शिक्षण शैली, गुणस्तरीय शैक्षिक स्रोत र प्रेरणादायी वातावरणका कारण ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल आज उत्कृष्ट शिक्षा खोज्ने विद्यार्थी तथा अभिभावकका लागि भरोसायोग्य प्राज्ञिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
प्रतिक्रिया