काठमाडौं । बदलिँदो विश्व श्रमबजार र व्यावसायिक दक्षताको बढ्दो मागलाई मध्यनजर गर्दै आइएसटी सेकेण्डरी स्कुलले व्यावसायिक तथा व्यवहारिक शिक्षामा नयाँ अभ्यासको सुरुवात गरेको छ । ज्ञानेश्वरमा अवस्थित यस शैक्षिक संस्थाले हस्पिटालिटी, व्यवस्थापन र प्रविधिमूलक शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीलाई रोजगारमुखी सीपसहित तयार पार्ने लक्ष्य लिएको छ ।
आइएसटी कलेजको व्यवस्थापनमा सन् २०१७ देखि सञ्चालनमा आएको यस स्कुलले छोटो अवधिमै माध्यमिक तहको शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिँदै आएको यस संस्थाले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने उद्देश्य राखेको छ ।
एसईईपछि सुरक्षित र व्यावसायिक करियर खोजिरहेका विद्यार्थीका लागि आइएसटीले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट र जनरल म्यानेजमेन्ट जस्ता समयानुकूल विषयहरूमा अध्ययनको अवसर प्रदान गर्दै आएको छ । यहाँ अपनाइएको “लर्निङ बाई डुइङ” पद्धतिले विद्यार्थीलाई किताबभन्दा बाहिरको व्यवहारिक संसारसँग जोड्ने काम गरेको छ ।
आइएसटीको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको प्लस टु तहमै अनिवार्य इन्टर्नसिपको व्यवस्था हो । होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूलाई ४ तारे होटलहरूमा ३ देखि ६ महिनासम्मको व्यावसायिक अनुभव प्रदान गरिन्छ, जसले उनीहरूलाई सेवा क्षेत्रको वास्तविक कार्यशैली बुझ्न सहयोग गर्छ ।
त्यस्तै, कम्प्युटर साइन्सका विद्यार्थीहरूलाई पनि विभिन्न आइटी तथा प्रविधि कम्पनीहरूमा इन्टर्नसिप गराइन्छ, जहाँ उनीहरूले वास्तविक परियोजनामा काम गर्ने अवसर पाउँछन् । यसले उनीहरूलाई अध्ययन सकिएलगत्तै रोजगारी बजारमा सहज प्रवेश गर्न सक्ने आत्मविश्वास र दक्षता प्रदान गर्ने विद्यालयको विश्वास छ ।
व्यावसायिक शिक्षा, प्रयोगात्मक सिकाइ र उद्योगसँगको प्रत्यक्ष सम्बन्धका कारण आइएसटी सेकेण्डरी स्कुल आज एसईईपछि भविष्य निर्माण गर्न चाहने विद्यार्थी र अभिभावकहरूको आकर्षक विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।
प्रतिक्रिया