Tuesday, June 02, 2026

Font Size:

logo
7 Day ahead May 26, 2026 Visted:33

विद्यार्थी र अभिभावकको विश्वास जित्दै सेन्ट लरेन्स सेकेण्डरी स्कुल


img

संदिप लुइटेल/काठमाडौं । काठमाडौंको चावहिल क्षेत्रमा अवस्थित सेन्ट लरेन्स सेकेण्डरी स्कुल पछिल्लो समय गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री सिकाइ प्रणाली तथा विद्यार्थी केन्द्रित वातावरणका कारण विशेष चर्चामा छ। झण्डै तीन दशकअघि स्थापना भएको यो शैक्षिक संस्था अहिले राजधानीका सफल र प्रतिष्ठित शिक्षालयमध्ये एकका रूपमा परिचित छ।
सन् १९९७ मा स्थापना भएको सेन्ट लरेन्सले आफ्नो शैक्षिक यात्रामा केवल परीक्षा केन्द्रित शिक्षा मात्र नभई व्यवहारिक ज्ञान, नेतृत्व विकास, अनुशासन र नैतिक शिक्षालाई समान प्राथमिकतामा राख्दै आएको छ। यही कारणले गर्दा आज हजारौं विद्यार्थी र अभिभावकको विश्वास जित्न विद्यालय सफल भएको हो। चावहिलको मुख्य शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको सेन्ट लरेन्सले समयको मागअनुसार आफ्नो शिक्षण प्रणालीलाई निरन्तर आधुनिक बनाउँदै लगेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अनुसार यहाँको वातावरण अन्य शिक्षण संस्थाभन्दा फरक र आत्मीय छ। शिक्षक, प्रशासन र विद्यार्थीबीचको सम्बन्ध पारिवारिक शैलीको भएकाले सिकाइ प्रक्रिया सहज र प्रभावकारी बनेको उनीहरू बताउँछन्।
विद्यालयले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकाय सञ्चालन गर्दै आएको छ। विद्यार्थीको रुचि, क्षमता र भविष्यको आवश्यकता अनुसार विषय छनोट गर्न सकिने व्यवस्था भएकाले विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूको आकर्षण यस संस्थातर्फ बढ्दो छ। हरेक संकायमा दक्ष तथा अनुभवी शिक्षकमार्फत अध्यापन गराइने भएकाले शैक्षिक नतिजा पनि सन्तोषजनक रहँदै आएको विद्यालय प्रशासनको दाबी छ। हालै सेन्ट लरेन्सले ‘आइटी एण्ड म्यानेजमेन्ट एक्सिलेन्स अवार्ड’ तथा ‘युवा वैज्ञानिक शिखर सम्मेलन २०२५’ मा दुई विधामा सम्मान प्राप्त गरेपछि यसको शैक्षिक प्रतिष्ठा अझ मजबुत बनेको छ। विज्ञान, प्रविधि र व्यवस्थापन शिक्षामा विद्यालयले हासिल गरेको उपलब्धिले विद्यार्थीको प्रतिभा विकासमा संस्थाले खेलेको भूमिकालाई स्पष्ट पार्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्। सेन्ट लरेन्सको विशेष पहिचान भनेको यसको प्रविधिमैत्री शिक्षण प्रणाली हो। विद्यालयले ई–नोटबुक र ई–क्लास जस्ता डिजिटल माध्यमलाई शिक्षण प्रक्रियामा समावेश गरेको छ। यसले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित नराखी डिजिटल प्लेटफर्ममार्फत पनि अध्ययन गर्ने अवसर दिएको छ।
कोभिड महामारीपछि विश्वव्यापी रूपमा बढेको डिजिटल शिक्षाको आवश्यकता महसुस गर्दै विद्यालयले आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गरेको हो। डिजिटल बोर्ड, अनलाइन स्रोत सामग्री, स्मार्ट प्रस्तुतीकरण तथा प्रविधिमा आधारित सिकाइ पद्धतिले विद्यार्थीलाई नयाँ ढंगले सोच्न र सिक्न प्रेरित गरिरहेको छ।
विद्यालयमा सुविधायुक्त कम्प्युटर ल्याब, विज्ञान तथा व्यवस्थापन संकायका लागि आधुनिक प्रयोगशाला र पर्याप्त सन्दर्भ सामग्रीसहितको पुस्तकालयको व्यवस्था गरिएको छ। प्रयोगात्मक अभ्यासमा जोड दिइने भएकाले विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउने गरेका छन्। विद्यालय प्रशासनका अनुसार अहिलेको युगमा केवल पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीलाई व्यवहारिक जीवनका लागि तयार बनाउने उद्देश्यले शिक्षण गतिविधि सञ्चालन गरिएको छ। त्यसैले कक्षाकोठाको पढाइसँगै प्रस्तुतीकरण कला, समूहकार्य, नेतृत्व विकास, समस्या समाधान क्षमता तथा निर्णय क्षमताको विकासमा पनि विशेष ध्यान दिइन्छ। सेन्ट लरेन्सले विद्यार्थीको मानसिक स्वास्थ्य र भावनात्मक अवस्थालाई पनि प्राथमिकतामा राखेको छ। किशोरावस्थामा विद्यार्थीले भोग्ने मानसिक तनाव, भविष्यप्रतिको अन्योल तथा सामाजिक दबाबलाई ध्यानमा राख्दै विद्यालयले नियमित ‘काउन्सिलिङ’ तथा व्यक्तिगत मार्गदर्शन कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूका अनुसार शिक्षकहरूले पढाइमा मात्र नभई व्यक्तिगत समस्या समाधान र करिअर मार्गदर्शनमा समेत सहयोग गर्ने गरेका छन्। यही कारणले धेरै विद्यार्थीले विद्यालयलाई दोस्रो घरको रूपमा अनुभूति गर्ने गरेको बताउँछन्।

Share:

प्रतिक्रिया