Thursday, June 11, 2026

Font Size:

logo
4 Months ago February 12, 2026 Visted:27

एमालेबाट नेकपामा प्रवेश गर्नेको लहर जुगल गाउँपालिका अध्यक्षका दाबेदारसहित प्रवेश


img

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा २०७९ सालको स्थानीय चुनावमा एमालेबाट प्रत्यासी बनेका जयबहादुर लामा नेकपा प्रवेश गरेका छन्।

बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामासहितका एमालेका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका हुन्।

स्थानीय तहको चुनावमा लामा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार रेशम स्याङ्बोसँग पराजित भएका थिए।

स्याङ्बोले ५ हजार पाँच सय ३ मत ल्याउँदा लामाले ४ तीन सय ४४ मत पाएका थिए। यसअघि एमालेबाट बाह्रविसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पा पनि नेकपामा प्रवेश गरेका थिए।

Share:

प्रतिक्रिया