Monday, April 20, 2026

Font Size:

logo
4 Months ago December 13, 2025 Visted:21

धनकुटाको पाख्रीबासमा गाडी दुर्घटना हुँदा छ जना घाइते


img

पाख्रीबास, (धनकुटा) मंसिर २७ गते । मध्य पहाडी लोक मार्गमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४, स्थित सिम खेतमा गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

 शनिबार दिउँसो करिब २ बजे सडकमा कुदिरहेका बेला अनियन्त्रित भइ  दुर्घटना भएको हो ।इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४७८६ नम्बरको  गाडी सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका–६, बस्ने ५१ बर्षिया शान्तिदेवी राई, पाख्रीबास  नगरपालिका–५ बस्ने २ वर्षीय सविन तामाङ, २५ वर्षीय सुरज तामाङ, २० वर्षीय समिर तामाङ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–६, बस्ने १८ वर्षीय खगेन्द्र डागी र सुनसरीको इटहरी उप–महानगरपालिका–५, बस्ने ३७ वर्षीय सविना खड्का हुनुहुन्छ । 

 घाइतेहरूलाई उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । गाडी चालक सुनसरी उपमहानगरपालिका–६, बस्ने ३७ वर्षीय मेघराज तामाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Share:

प्रतिक्रिया