Monday, April 20, 2026

Font Size:

logo
4 Months ago December 13, 2025 Visted:21

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनीलाई बधाई


img

काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ। 

सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो। 

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।” 

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो। सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ।  

Share:

प्रतिक्रिया