Monday, April 20, 2026

Font Size:

logo
7 Months ago October 06, 2025 Visted:61

सुक्खा पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध


img

रेसुङ्गा (गुल्मी), असोज २० गते । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ । 

पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको छ । दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ । सुख्खा पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।       

अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । ठुलो चट्टानसहितको पहिरोपछि पनि नियमित पहिरो खसिरहेकाले सडक सुचारु गर्न समय लाग्ने ज्ञवालीले बताउनुभयो । 

Share:

प्रतिक्रिया