Thursday, June 11, 2026

Font Size:

logo
9 Months ago September 26, 2025 Visted:34

ओली र जनार्दनको त्यो संन्दिग्ध भेट ।


ओलीको बार्गेनिङ थियो- कि एमालेमा आउ, कि पार्टी फुटाउ कि भ्रष्टाचार मुद्दामा जेल जाउ !

तत्कालीन प्रधानमन्त्री केपी ओलीले माओवादी नेताहरूको अस्वभाविक धन आर्जन माथि गोप्य रुपमा छानबीन गरेको पाइएको छ । ओलीले माओवादी नेताहरूमा सबैभन्दा बढी धन आर्जन गरेको जनार्दन र उसको परिवारकै पाएको र प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण अन्तर्गत भित्रभित्रै छानबीन अगाडि बढाइरहेका थिए ।

पृथ्वीबहादुर शाहको अवैध ६५ करोड कालो धन नेपाल ल्याउँदा जनार्दन अर्थमन्त्री हुँदा छाड्न राष्ट्र बैंकलाई निर्देश दिएका थिए । जतिबेला एमालेका केन्द्रीय नेता एम अधिकारी उर्फ महाप्रसाद अधिकारी गभर्नर थिए ।

यो रकम जनार्दनकै भएको र यो सहित स्रोत खुल्न नसक्ने अन्य रकमहरू छोरीको विहेको ३ करोड, अमेरिकामा सुनचाँदी र हिरामोतीले सझाएर गरेको सभ्रान्त विहे, जनार्दनकै कान्छो भाइ अनिल शर्माले काठमाडौं को बानेश्वरको थापागाउँमा किनेको १० करोडको आलिसान दरबार, ऊर्जामन्त्री हुँदा हाइड्रो र शेयरमा करोडौँको लगानी, विभिन्न हाउजिङ कम्पनीमा लगानी, सानेपाको भव्य दरबार सहित थुप्रै अकुत सम्पत्ति रहेको फेला पारेका थिए ।

रुकुमको बाटो बनाउँदा आफ्नो मान्छेलाई ठेक्का पारेर करोडौँ झ्वाम पारेको, जनार्दनका भाइहरूले चलाएको नागरिक दुग्ध सहकारी सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकबाट ६० करोड रिन लगेर बैंक टाट पल्टाएको जस्ता गम्भीर अभियोग थियो ।

ओलीले जनार्दनसँग पटक पटक भेटेर - एमालेमा आउने कि पार्टी फुटाउने कि भ्रष्टाचार मुद्दा खेप्ने भनेर बार्गेनिङ गरेको विश्वस्त स्रोतको दाबी छ । जनार्दनको यि कर्तुत ओलीले देखाएपछि लकपकिएको पाइएको छ ।

जनार्दनले पनि भ्रष्टाचार मुद्दाबाट बच्न आगामी निर्वाचन सम्म पार्टी नै फोड्ने र एमालेमा आउने बचन दिएको स्रोतको दाबी छ ।

जनार्दनले पार्टीलाई बिना जानकारी बैंकक गएर ओलीसँग गोप्य भेट नै गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओली बिम्स्टेको शिखर सम्मेलनमा गएका थिए । ता कि त्यतिबेला माओवादी प्रतिपक्षी दलको भूमिकामा थियो । यो भेट पछि जनार्दनले माओवादी र प्रचण्ड विरुद्ध विष बमन गर्न थालेको स्रोतको दाबी छ । अहिले जनार्दनको कर्तुत थाहा पाएर आफ्नो प्रदेश कर्णालीका ६३ केन्द्रीय सदस्य मध्ये ६० जना प्रचण्डको पक्षमा उभिए । जनार्दन र उसको भाइसहित तीन जना विपक्षमा उभिए ।

विश्वस्त स्रोतका अनुसार वर्तमान सरकार ले पनि यस मुद्दालाई गम्भीरताका साथ हेरिरहेको छ । त्यहि थाहा भएर प्रचण्डले हिजो जनार्दन लक्षित भनेका थिए- नेताहरूलाई भ्रष्टाचार मुद्दामा जेल हालिँदैछ ।´ आज प्रचण्डले माओवादी नेता र तिनका सन्तान भारदारको सम्पत्ति छानबीन गर्न समिति बनाउने निर्णय गरेका छन ।
 

Share:

प्रतिक्रिया