Thursday, July 30, 2026

Font Size:

logo
11 Months ago August 29, 2025 Visted:109

म्याग्दीमा पहिरोले तीन घर विस्थापित


img

म्याग्दी (दरबाङ), भदौ १३ गते । गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् ।

पहिरोसँगै  खसेको ठुलो ढुङ्गाले स्थानीय चन्द्रबहादुर पटेल, खड्कबहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति गरेको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले विस्थापित परिवार छिमेकी मनदेवी बराइलीको घरमा आश्रय लिएर बस्नुभएको छ ।मोतिसराको भैंसी गोठमा क्षति गरेको छ । पहिरोले छानो र पर्खालमा बढी क्षति पुगेको छ । यसैगरी, उच्च जोखिममा रहेका सुशिला पटेल, शान्ति पटेल, दिपक पटेल तथा भोजमाया बिकको परिवाराई सुरक्षित स्थानमा सारिएको वडा सदस्य भिमकुमारी पुनले जानकारी दिनुभयो । वडा सदस्य भीमकुमारी लगायत स्थानीयबासीले उद्धार गरेका थिए । वडा सदस्य भिमकुमारी पुनले पहिरोबाट विस्थापित परिवारलाई आर्थिक सहयोग र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, प्रहरी टोली लगायतको टोलीले पहिरो प्रभावित क्षेत्रमा शुक्रबार स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारलाई तत्काल राहतस्वरुप खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएको छ ।

Share:

प्रतिक्रिया