Tuesday, July 28, 2026

Font Size:

logo
12 Months ago August 09, 2025 Visted:111

पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, तीनजना घाइते


img

लमजुङ, साउन २४ गते। लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ नाइँचे गाउँ नजिकैको भीरबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर तीन जना गम्भीर घाइते भएका छन्। 

४० दशमलव २७ मेगावाटको निर्माणाधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत बेंसीसहर नगरपालिका–८ मा अस्थायी रुपमा बसोबास गर्ने अन्दाजी ४४ वर्षीय लगनध्वज गुरुङको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँको स्थायी ठेगाना पहिचान हुन बाँकी रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो। 

घाइतेको टाउको, हातखुट्टा, शरीरमा चोट लागेको छ। उहाँहरुको बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

क्याम्पमा करिब ४० जनाको हाराहारीमा कामदार बस्दै आएको र पहिरो खस्न थालेपछि भाग्ने क्रममा चार जनालाई पहिरोले लागेको र अन्य ३६ जना सकुशल रहेको आयोजनाले जनाएको छ। 

Share:

प्रतिक्रिया