Tuesday, September 15, 2026

Font Size:

logo
1 years ago July 23, 2025 Visted:124

घण्टाकर्ण दहन


img

घण्टाकर्ण चर्तुदशीका दिन उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाउने प्रचलन छ । साउन कृष्ण चर्तुदशीका दिन मनाउने यो पर्वमा नरकठ वा पराल छ्वाली ले बनाइएको घण्टाकर्णलाई खोला सेलाउने वा दहन गरी मनाउने गर्दछ ।

यसै दिन भक्तपुरको दत्तात्रयका नेवार समुदायले पनि गठेमंगल पर्व (गथांमुगः चःह्रे) राक्षस दहन गरी मनाएको छ ।  धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ ।  गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । 

Share:

प्रतिक्रिया