Tuesday, July 28, 2026

Font Size:

logo
1 years ago July 16, 2025 Visted:123

पहिरोले पुरिएर दुई जनाको ज्यान गयो


img

अर्घाखाँची,असार ३१ गते । जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो । 

तुसारेपानीको आफ्नै खर्यानमा घाँस काट्न गएको बेला पहिरोले पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

Share:

प्रतिक्रिया