Thursday, July 30, 2026

Font Size:

logo
1 years ago June 18, 2025 Visted:253

चट्याङ लागेर महिलाको मृत्यु


img

कपिलवस्तु असार ४ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय जन्ममति यादव रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ ।

Share:

प्रतिक्रिया