Tuesday, July 28, 2026

Font Size:

logo
1 years ago June 06, 2025 Visted:426

बाजुराको बाम्का बजारमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


img

बाजुरा- बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आगलागी भएको छ ।

आज दिउँसो ग्यासको सिलिण्डर पड्किएर आगो लागेको हो

बाम्का बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक चौधरीले आगो लाग्नुको कारण भने खुल्न नसकेको बताउनुभयो ।

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।।

Share:

प्रतिक्रिया