Thursday, June 11, 2026

Font Size:

logo
1 years ago May 18, 2025 Visted:176

रसुवा नाकाबाट करिब सात किलोग्राम सुनसहित एक जना पक्राउ


img

रसुवा-चीनको केरुङबाट रसुवागढीनाका हुदै ल्याईएको साँढे सात किलो सुन प्रहरीले बरामत गरेको छ ।

चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडिमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिव साँढे सात किलो सुन बरामत भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडिबाट आज दिउँसो साँढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ ।

प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडि चालक गोसाइकुण्ड गाँउपालिका-५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

सुन धनी को हुन भन्ने बारे भने बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।।

Share:

प्रतिक्रिया