Thursday, June 11, 2026

Font Size:

logo
1 years ago May 02, 2025 Visted:259

यो वर्ष पनि सरदरभन्दा बढ्ता मनसुनी वर्षा हुने प्रक्षेपण


img

 

एप्रिल अन्तिम साता भारतको पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद्हरू सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी भागका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुन सक्ने जनाएको छ।

"लामो अवधिको प्रक्षेपण भएकाले यसमा मात्रा उल्लेख नगरीकनै सामान्य रूपमा कस्तो अवस्था रहनेछ भन्ने बताइने गरिन्छ," उक्त प्रक्षेपण गर्ने बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्।

"एप्रिल महिनामा विभिन्न मोडलहरूले दिएका नतिजाका आधारमा यस्तो प्रक्षेपण गरिएको हो। मध्य मेपछि पुनः एकपटक पछिल्लो डेटालाई अद्यावधिक गरेर हामी हाम्रो पूर्वानुमान सुधार्छौँ। त्यसबेला सम्भावित परिस्थिति केही फरक पनि हुन सक्छ।

यस क्षेत्रीय प्रक्षेपण दक्षिण एसिया भेगका सार्क सदस्य एवं म्यान्मारसहितका नौ देशका राष्ट्रिय जल तथा मौसम विज्ञान निकायहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा तयार पारेका हुन्।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो।

राष्ट्रसङ्घीय मौसम निकाय डब्ल्यूएमओले विगत पाँच वर्षयता विश्वव्यापी रूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीय रूपमा विश्लेषण र विभाजन गर्दै सार्वजनिक गर्ने नीति अन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन्।

Share:

प्रतिक्रिया