Thursday, June 11, 2026

Font Size:

logo
1 years ago April 24, 2025 Visted:277

स्थानीय सरकारको नयाँ मानक बनाएकी भरतपुर मेयर रेनु दाहाल बनिन् 'शिलापत्र वर्षव्यक्ति २०८१'


img

चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् । 

देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् । 

वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्तिमध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना २०८१ सालका प्रमुख समाचार निर्माता चुनिएका छन्, जसमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सविच पारस खड्का, वरिष्ठ मु्टुरोग विशेषज्ञ डा. भगवान कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवत नेत्रविक्रम चन्द ‘विप्लव’ छन् ।

Share:

प्रतिक्रिया